शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउँदै | Khabarhub Khabarhub

शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउँदै


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शहरी क्षेत्रलाई व्यवस्थापन गर्न शुक्लाफाँटा नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयनमा ल्याउन लागेको छ । नगरपालिका क्षेत्रमा रहेका १० हजार ७२१ घरधुरीमध्ये पहिलो चरणमा चार हजार ८५० घरधुरीमा उक्त प्रणाली राख्ने कार्य सुरु गरिएको छ । एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत रु नौ लाख ५० हजार खर्च गरी नगरपालिकाको शहरी क्षेत्रमा सो प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्ने कार्य अगाडि बढाइएको हो । 

घर नम्बरसँगै सोही प्रणालीअन्तर्गत १२३ वटा सडकको नामाकरण गर्ने कार्यका लागि होर्डिङ बोर्ड राख्ने कार्यसमेत अगाडि बढाइएको नगरपालिकाका पूर्वाधार विकास तथा व्यवस्थापन शाखाप्रमुख दीपक धामीले बताए । ‘हाउस नम्बरिङ र रोड इन्फरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले वैज्ञानिक  छ’ उनले भने, ‘यस प्रणालीअन्तर्गत सडक पहिचान गरेर सडकको सुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोही अनुसार नै घर नम्बर दिइन्छ ।’ यसमा दायाँ–बायाँ क्रमशः जोर-विजोर नम्बर दिने गरिन्छ । बाटोको आमुन्ने-सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोर नम्बर र बायाँतिर बिजोर नम्बर दिइने गरेको शाखाप्रमुख धामीले  जानकारी दिए ।

उनका अनुसार यस प्रणालीबाट घर तथा सडक पत्ता लगाउन सजिलो हुने भएकाले चिठ्ठीपत्र, अन्य सरसामान पुर्‍याउन सजिलो हुनाका साथै नगरपालिकाले उपलब्ध गराउने सेवा सुविधा दिन पनि निकै सहज हुन्छ । आपतकालीन अवस्थामा पनि घर नम्बरबाट तुरुन्तै घरको पहिचान हुने हुँदा चाहिएको दमकल, एम्बुलेन्स, ट्याक्सीलगायत सेवा तुरुन्त प्राप्त गर्न निकै सजिलो हुने देखिन्छ । ‘टेलिफोन सेवा, विद्युत, खानेपानीलगायत सेवा दिनसमेत यस प्रणालीले सहयोग गर्छ’ शाखा प्रमुख धामीले भने, ‘प्रहरीलाई आवश्यक पर्दा व्यक्तिको घरमा पुग्न सजिलो हुन्छ ।’ यो प्रणाली जडान भएका घरघुरी र सडकको डिजिटल नक्सा तयार गरी राखिने भएकाले गुगल म्यापका आधारमा घर पहिचान गर्न सकिने बताइएको छ । 

प्रविधिको विकाससँगै सबै सेवाहरू आधुनिक हुँदै गएकाले यस प्रणालीलाई प्रविधिसँंग जोडेर नगरवासीलाई सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले कार्य अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । ‘पहिलो चरणमा नगरपालिकाको शहरी क्षेत्रका घरघुरी र सडकलाई समेटेका छौं’ उनले भने, ‘दोश्रो चरणमा सहरोन्मुख क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड दिने छौँ ।’ यस प्रणालीमा घर नम्बर राख्ने कार्य मात्रै हुने नभएर पारिवारिक विवरण समेत राखिने भएको छ ।  

यस प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर देशकै नमूना नगरपालिका रुपमा परिचित गराई सेवासुविधा नगरवासीको घर दैलोमै पुर्‍याउने  नगरपालिकाको लक्ष्य छ । मेट्रिक ठेगाना प्रणाली नेपालमा दुई दशकअघिदेखि ठूला सहरहरुमा कार्यान्वयनमा आइसकेको छ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १२ : ०८ बजे

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको