लमजुङमा बालमैत्री अभियान अलपत्र | Khabarhub Khabarhub

लमजुङमा बालमैत्री अभियान अलपत्र


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा सबै विद्यालय र समुदायलाई बालमैत्री बनाउने आठ वर्षदेखिको अभियान अलपत्र परेको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले बालमैत्री शिक्षण सिकाइ र बालमैत्री विद्यालय बनाउने अभियान थालेको थियो ।

सन् २०१५ भित्रै जिल्लाका सबै विद्यालयमा भौतिक पूर्वाधार बालमैत्री बनाउने, गुणस्तरीय शिक्षा दिने, प्राविधिक शिक्षा, तालिमप्राप्त शिक्षक र पाठ्यपुस्तक समयमै पुर्‍याउने योजना समावेश थिए । आठ वर्ष बितिसक्दा समेत छनोट गरिएका ४९ सूचक पूरा भएका छैनन् । सूचक पूरा हुनु त कता हो कता, अधिकांश विद्यालयका सूचकसमेत खस्कँदै गएका छन् । बनेका बालमैत्री शौचालय, धारा र कक्षाकोठा पनि पुरानै अवस्थामा पुगिसकेका छन । केही विद्यालयले भने अद्यावधिक राखेका छन्। ‘अभियानको अनुगमन र मूल्यांकन गरिदिने संस्था अभावमा बालमैत्री क्रियाकलाप ओझेलमा परेको छ,’ बेँसीशहरको जनकल्याण मावि चितीका अशोक श्रेष्ठले भने, ‘झकझक्याउने नभएपछि भएका काम अलपत्र पर्ने रहेछन् ।’

संघीयतापछि शिक्षाको अधिकार पालिका तहमा पुगेको छ । हरेक पालिकामा शिक्षा अधिकारीसहितको जनशक्ति व्यवस्थापन छ । शिक्षा शाखाबाटै बालमैत्री शिक्षण सिकाइ तथा बालमैत्री विद्यालय बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वीरबहादुर गुरुङले बताए । ‘ठोस कार्यक्रम कसैले पनि चालेको देखिँदैन, मुद्दा नै ओझेलमा परेको छ,’ गुरुङले भने, ‘सबै सूचक पूरा गर्न पालिकाले साझा अभियान चलाउनुपर्छ ।’

जिल्लाका ८ पालिकामध्ये बेँसीशहर नगरपालिकाले दुई वटा वडा बालमैत्री घोषणा गरेको छ भने ९ वटा वडालाई तीन वर्षभित्र पुरा गर्ने प्रतिवद्धता जनाएको छ । बालकल्याण समितिसमेत नरहेपछि अभियानमा चासो दिने कोही नभएको बालकल्याण मावि भकुण्डेका प्रधानाध्यपक तीर्थराज न्यौपाने बताउँछन् । पालिकास्तरीय शिक्षा शाखाले अभियानलाई अपनत्व दिएका छैनन्

हरेक विद्यालयमा बालक्लब गठन, योजना र क्रियाकलाप सञ्चालन गर्ने काम भएको छैन । जिल्लामा सामाजिक विकास कार्यालय सञ्चालनमा आएपछि बालमैत्री अभियानसँगै विद्यालयमा बालक्लब गठन र जिल्लास्तरीय बालसञ्जाल समेत गठन गरेको छ । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाका अधिकांश विद्यालयमा धेरै सूचक पूरा हुने क्रममा रहेको बताउँदै उनले भने, ‘आगामी तीन वर्षमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिनेछ । तोकिएका सूचक पूरा गर्न हरेक पटक अभिभावकदेखि शिक्षक र समुदायका अगुवासमेत सचेत बन्नुपर्ने उनको भनाई छ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन