ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

ब्राउन सुगरसहित जनकपुरबाट दुई जना पक्राउ


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् ।

सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय आरिफ हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।

उनीहरूको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
दुवैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको हो । सँगै हिँडिरहेका उनीहरूमाथि शंका लागेर शरीर खानतलासी गर्दा ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ ।

दुबै जनाविरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ५३ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।