बेँसीशहरका अधिकांश पसल मापदण्ड विपरीत संचालित | Khabarhub Khabarhub

बेँसीशहरका अधिकांश पसल मापदण्ड विपरीत संचालित


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-  लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरू मापदण्ड विपरीत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको संयुक्त बजार अनुगमनका क्रममा शुक्रबार बजारका विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएका हुन् ।

बजार अनुगमनका क्रममा नगरको वडा नं. ७ र ८ मा रहेको विभिन्न पसल गरी ९ वटामा गरिएको अनुगमनमा ९ वटै विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएको हो । घरेलु कार्यालयका प्रमुख मिताकुमारी  थापाका अनुसार  भिमसेनस्थान, नारायस्थान चोक, कृषि विकास बैँक टोलमा रहेका मसला उद्योग, किराना पसल, मेडिकल हल, भाडा पसल, रेष्टुरेन्ट, फेन्सी स्टोर्स, किराना तथा तरकारी फलफूल पसलमा अनुगमन गरिएको थियो । ती सबै पसलहरू मापदण्ड विपरीत भेटिएको उनको भनाइ छ ।

उनका अनुसार मूल्य सूचि टाँस नगरिएको, बढी मूल्य लिएको, सरसफाइ नभएको, म्याद गुज्रिएका सामाग्री रहेको, बिक्री बिल नदिने गरेको, मासु काठको मुढामा काट्ने गरेको, कपडा पसलमा कस्मेटिक सामाग्री दर्ता बिना बिक्री गरेको लगायतका मापदण्ड विपरीत गर्ने गरेको फेला परेको थियो ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएकाले उनीहरूलाई पहिलो चोटि भएकाले सामान्य जरिवाना मात्र गरिए पनि आगामी दिनमा पनि भेटिएमा कडा भन्दा कडा कानुन बमोजिम कारबाही गर्ने बताए । मापदण्ड अनुसार विभिन्न पसलहरू संचालन गर्नका लागि उनले  अनुरोध समेत गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा गरिएको बजार अनुगमनमा घरेलु कार्यालयका प्रमुख थापा सहित, पत्रकार , सुरक्षाकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ०४ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने