पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य | Khabarhub Khabarhub

पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाले नगर क्षेत्र भित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्य सूची सार्वजनिक गरेकी हुन् ।

पोखराको पहिचानका रूपमा रहेको जेठोबुढो धान, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायो साग, गोलभेँडा, सिमी, घिरौँला, काँक्रो, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउको मूल्य निर्धारण गरिएको हो ।

महानगरले तोकेको मूल्यअनुसार पोखरेली जेठोबुढो धान प्रतिकिलो ९० रुपैयाँ छ । मह ७५० रुपैयाँ प्रतिकिलो छ भने खुर्सानी ५२ रुपैयाँ किलो तोकिएको छ । तर, पोखरा महानगरले तोकेको मूल्यमा उक्त उपज पाउन मुस्किल छ । यहाँका मण्डीहरूमा निकै महँगो तिरेर उपभोक्ताले खाद्यान्न तथा तरकारी खरिद गर्न बाध्य छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ३४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न