नयाँ बाटो कोर्दै विश्व च्याम्पियनसिप | Khabarhub Khabarhub

नयाँ बाटो कोर्दै विश्व च्याम्पियनसिप


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गएको ओलम्पिक खेलकुदमा ट्रायक एन्ड फिल्डमा अमेरिकी नतिजा सुखद रहेन। त्यसो त ४ सय मिटर हर्ल्डस कार्सटन वार्लहम र बेन्जामिन राईको भिडन्त सम्भवतः अहिलेसम्म एथलेटिक्स इतिहासकै सबैभन्दा सनसनीपूर्ण भिडन्त हो। त्यसै भिडन्तमा वार्लहमसँग राईको हार ओलम्पिकमा पनि कायम थियो। १ सय १० मिटर हर्डल्समा ग्रान्ट होलवेको हार त अमेरिकाका लागि दुःखद थियो नै। साथमा प्युरेटीकाको जस्मिन कमाचो क्वीनका दमदार उपस्थिति अमेरिकाका लागि त्यत्तिकै अपत्यारिलो थियो।

टोकियो ओलम्पिकमा अमेरिकाले हर्डल्समा एक स्वर्ण पदक मात्र जित्न सफल भयो। चार सय मिटरमा स्वर्ण पदक दिलाएकी विश्वकीर्तिमान धारी सिड्नी म्यागगलनले फेरि आफ्नो कीर्तिमानलाई भङ्ग गर्दै जुलाइमा आफ्नै देशमा हुने विश्व च्याम्पियनसिपमा लागि छनोट भइसकेकी छिन्। साबिक विश्व च्याम्पियन डालिया मोहम्मद स्वतः छनोट भएकी त छन्। तर, उनी मांसपेशीको चोटका कारण केही समयदेखि ट्याकमा देखिएकी छैनन्। सायद उनी १५ देखि २४ जुलाइको बीचमा अमेरिकाको ओरीगीनमा हुने विश्व च्याम्पियनसिपमा फेरि ट्याकमा फर्कने छिन्।

१ सय मिटर हर्डल्समा फेरि अमेरिका उत्कृष्ट टोलीसहित सहभागी हुँदैछ। लामो समयपछि केन्द्रा हेरिसन १२.३४ सेकेन्डका साथ अमेरिकी च्याम्पियनसिपमा पहिलो भएकी छन्।

अलीया जोन्सन १२.३५ सेकेन्डका साथ दोस्रो तथा अलीया आर्मस्ट्रङ १२.४७ सेकेन्ड समयका साथ तेस्रो भए। यी चारका साथ साबिक विजेता निया अलीले विश्व च्याम्पियनसिपमा अमेरिकाको प्रतिनिधीत्व गर्नेछन्।

त्यसो त वर्लहम घाइते भएका कारण यस पटक विश्व च्याम्पियनसिपमा सहभागी हुने छैनन्। वर्लहमको अनुपस्थितिमा ब्राजिलका एलीसन डस सान्टोस र अमेरिकाका बेन्जामिन राईको बीचमा नै स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। अमेरिकी टोलीमा ट्रेभर बसिस्ट र खालीफा रोजर पनि हुने छन्।

आठ सय मिटर पुरुषमा ब्रायल होपल, जोनाह कोइच र ब्रान्डन मिलर शीर्ष तीन स्थानसहित विश्व च्याम्पियनसिपमा छनोट भएका छन्। साबिक विजेता डानोभान ब्राजीयर स्वतः अमेरिकी टोलीमा अटाउने छन्।

१ सय १० मिटर हर्डल्समा ग्रान्ट होलवेको अनुपस्थितिमा पहिलो हुने अपेक्षा गरिएका डेभन एलन र ट्रे कुनींङघमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। त्यो अनुमानलाई गलत साबित गर्दै डानीयल रोबर्ट पहिलो भए। एलन दोस्रो र जमाल ब्रीट तेस्रो हुँदै विश्व च्याम्पियनसिपमा छनोट भए। होलवे पनि साबिकको च्याम्पियनको हैसियतमा विश्व च्याम्पियनसिपमा सहभागी हुँदै छन्।

केन्टुकी विश्व विश्वविद्यालयकी एबी स्टेइनर २ सय मिटरमा पहिलो हुँदै छनोट भएकी छन्। त्यसो त बलियो जमैकाको स्प्रिन्ट जत्थासँग भिड्नु अमेरिकाका लागि कठिन हो। यसका बाबजुद उनको २१.७७ सेकेन्डको समय केही क्षणका लागि वर्षको उत्कृष्ट समय बनेको थियो। २६ जुनमै जमैकामा भएको रेसमा सारिका ज्याक्सनले २१.५५ सेकेन्डमा दुरी तय गरेकी थिइन्। अमेरिकी च्याम्पियनसिपकै हकमा भने टमारा क्लर्क दोस्रो तथा जेना प्रान्डीनी तेस्रो भए। ओलम्पिक रजत पदक विजेता गेबी थोमस भने बाहिरिएकी छन्।

२ सय मिटरमा नोह लायस र एरिक निङघटन शीर्ष दुईमा रहे। १ सय मिटरका अमेरिकी च्याम्पियन फ्रेड केली तेस्रो भएका कारण यस स्पर्धामा चौथो भएका ओलम्पिक रजत विजेता केनी बडेनारकले पनि विश्व च्याम्पियनमा सहभागिताको अवसर पाएका छन्।
महिला ८ सय मिटरमा ओलम्पिक च्याम्पियन एथिङ मूले विश्व इनडोर च्याम्पियन एजे विल्सनलाई हराउँदै पहिलो स्थान पाइन्। सो स्पर्धामा रेजन रोजर्स तेस्रो भइन्। रोजर्स दोहामा भएको पछिल्लो विश्व च्याम्पियनसिपको उप विजयी हुन् भने गत वर्ष भएको ओलम्पिकमा कास्य पदक जितेकी थिइन्।

एथलेटिक्स विश्व च्याम्पियनसिपमा अबको संस्करणमा पक्कै इटालीले गत ओलम्पिकमा गरेको सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिने या नदिने भन्ने नै चासोको विषय हुन सक्नेछ। टोकियोमा सम्पन्न ओलम्पिकमा इटालीले १ सय मिटरको व्यक्तिगत स्वर्ण मात्र होइन चार गुणा सय मिटर रिलेको पनि स्वर्ण जित्दै संसारलाई आश्चर्यमा पारेको थियो।

सो समयमा कमजोर रहेको अमेरिका यस पटक हर्डल्समा पुरानो साख फर्काउन सफल हुने अनुमान गरिएको छ। महिलातर्फ साकारी रिचर्डसन कमजोर प्रदर्शनका कारण विश्व च्याम्पियनसिप टोलीबाट बाहिरिएकी छन्।

यस पटकको विश्व च्याम्पियनसिपमा पनि ओलम्पिक विजेता एलन थम्सन हेराथ, सानी अल फ्राजीयर र सारिका ज्याक्सन सहितको जमैकाको टोली धेरै बलियो मानिएको छ।

सन् २०१६ को रियो ओलम्पिकमा बहमासकी साउन मिलरले अन्तिम क्षणमा डाइभ गर्दै एलीसन फेलीक्सलाई हराएर चार सय मिटरको स्वर्ण पदक जितेकी थिइन्।

त्यसै समयदेखि अमेरिकी टोलीको प्रभाव घटेको छ। विश्व एथलेटिक्स जगतकी सनसनी व्यक्तित्व फेलीक्सको युग पछाडि अमेरिकाले उपाधिका लागि सङ्घर्ष गर्नुपर्ने प्रस्ट देखिन्छ। वर्तमान समयमा डोमेनीक गणतन्त्रकी मार्लेडी पाउलेनो, जमैकाकी चार्को यङ र बहमासकी मिलर संसारका शीर्ष तीन खेलाडीको रूपमा रहेको छ। यस स्पर्धामा अहिले अमेरिकी टोलीको नेतृत्व तालीथा डीग्सले गरेकी छन्।

पुरुषतर्फ अमेरिकी स्प्रीन्टर फेरि लयमा देखिएका छन्। फ्रेड केर्ली र ब्रोमेलले अमेरिकी च्याम्पियनसिपमा पुरा गरेको समय नै अहिलेको उत्कृष्ट समय हो। दुई सय मिटरमा त अमेरिकी टोली अहिलेसम्मकै बलियो अवस्थामा छ। निङघटन, लायस र केरेली नै पदकका हकदार देखिएका छन्।

४ सय मिटर रेस भने यस विश्व च्याम्पियनसिपको सबै भन्दा हेर्न लायक रेस हुनेछ। अहिले विश्व वरियतामा अमेरिकाका माइकल नोर्मान र एलीसन च्याम्पियन शीर्ष दुई स्थानमा छन्। ग्रेनडाका कीरानी जेम्स अहिले पनि त्यत्तिकै उच्च लयमा छन्।

हाई जम्पमा कतारका मुस्ताज इस्रा बसारलाई दक्षिण कोरियाका इ साङ चुक र अमेरिकाका सेल्वी म्याककोनले चुनौती दिने छन्। यिनीहरूकै साथमा हमिस क्युर पनि अहिले उच्च लयमा छन्।

पोलभोल्टमा नि सन्देश विश्व कीर्तिमान धारी तथा ओलम्पिक च्याम्पियन अर्मान्ड डु प्लान्टीस आसन्न विश्व च्याम्पियनसिपका हेर्न लायक खेलाडी हुन्। उनलाई अमेरिकाका क्रिस्टोफर नेल्सनले चुनौती दिने छन्।

गत ओलम्पिकमा ज्याभलिन थ्रोको स्वर्ण पदक जितेर सनसनी फैलाएको भारतले आसन्न विश्व च्याम्पियनसिपमा पुरुष लङ जम्पमा पनि गतिलै चुनौती दिने छ। स्वीजरल्यान्डमा सिमोन एह्यामर र भारतका श्री शंकर उपाधिका दाबेदार हुन्। उपाधिको होड खुला रहेको यस स्पर्धामा भारतकै जेसवीन अल्ड्रीन अर्का हेर्न लायक खेलाडी हुन्। सायद फाइनलमा दुई भारतीयको सम्भावना यस पटक छ।

ट्रिपल जम्पमा भने क्युबाको दबदबा रहन सक्ने छ। अजेजान्द्रो जोर्डन, एन्डी डियाज र लाजारो मार्टीनजे तीन जना नै फर्ममा छन्। उनीहरूले पोर्चुगलको पेड्रो पिचर्डको सामना गर्नुपर्ने छ।

सट पुटमा ओलम्पिकमा शीर्ष दुई स्थान पाएका क्रुजर र जोय कोभक नै आसन्न विश्व च्याम्पियनसिपमा शीर्ष दुई स्थानमा रहने सम्भावना प्रबल छ।

डिस्कस थ्रोको उपाधि होड खुला छ भने ह्यामर थ्रोमा पक्कै पनि पोल्यान्ड नै हाबीहुने छ। ज्याभलिन थ्रोको उपाधि भिडन्त पनि खुला नै मानिएको छ। डेकाथलनमा भने अमेरिकाका गारेन स्कानटीङलाई क्यानडाका डामिएन वार्नरले चुनौती दिने छन्।

महिला हाई जम्पका युक्रेनका यारो स्लाभा माचुखी र इर्याना गेरास्चेन्को बिचमा उपाधि भिडन्त हुनेछ। महिलाकै पोलभोल्टमा स्यान्डी मोरिस र एमली ग्रोभको उपस्थिती बलियो हुने छ।

लङ जम्पमा जर्मनीकी मलाइका मिहाबो उपाधिको मुख्य दाबेदार हुन्। अमेरिकाकी मोइन निकोलास अर्की प्रमुख खेलाडी हुन्। ट्रिपल जम्पमा अमेरिकाकी केरुथ ओर्जी फेरि लयमा फर्किएकी छन्। तर, भेनेन्जुएलाकी युलीमार रोजास स्वाभाविक रूपले त्यस स्पर्धाकी बलियो खेलाडी हुन्।

महिला सट पुटमा अमेरिकाकी एली चेज र चीनकै सङ जीयान बीचमा नै उपाधि भिडन्त हुने निश्चित छ। डिस्कस थ्रोको उपाधि भिडन्त खुला मानिएको छ। ज्याभलिनमा पनि उपाधि होड खुला छ।

हेप्टाथलनमा नेदरल्यान्डकी आनुक भेटर र अमेरिकाका अन्ना हल हेर्न लायक खेलाडी हुन्। यस च्याम्पियनसिपमा केही अनुमान गरिएका भन्दा फरक नतिजा आउन पनि सक्नेछ। तर, पनि यो प्रारम्भिक अनुमान धेरै हदसम्म ठिक हुनेछ। स्रोतः ओलम्पिक न्युज, ट्रायक एन्ड फिल्ड, वर्ल्ड एथलेटिक्स

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ०४ बजे

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध