नागरिकको जीवनलाई सङ्कटमा धकेल्दै उत्तर कोरिया | Khabarhub Khabarhub

नागरिकको जीवनलाई सङ्कटमा धकेल्दै उत्तर कोरिया


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत साता नै अमेरिकी राष्ट्रपति जो वाइडेनले उत्तर कोरियाले भ्याक्सिनका लागि गरेको अफरलाई उत्तर कोरियाले अस्वीकार गरेको बताएका छन्। कोरोना महामारी सुरु भएको दुई वर्ष भन्दा बढीको अवधिमा संसारका अन्य देशमा धेरै क्षति भए पनि उत्तर कोरियामा पछिल्लो समयसम्म धेरै क्षति भएको थिएन। अहिले भने उत्तर कोरिया खराब अवस्थामा पुगेको छ। केही दिन अगाडिको तथ्यांक अनुसार त्यहाँ अहिले २ लाख ५० हजार भन्दा बढीलाई ज्वरो आएको थियो।

देशका नागरिक लकडाउनका कारण घरभित्रै बन्दी छन्। कम परीक्षण र कम भ्याक्सिन वितरणका कारण त्यहाँको अवस्था दिन दिनै खराब बनेको छ। दक्षिण कोरियाली राष्ट्रपति योन सुक योलसँगको संयुक्त पत्रकार सम्मेलनमा वाइडेनले उत्तर कोरिया मात्र नभई चीनलाई पनि भ्याक्सिनमा सहयोग गर्न चाहेको कुरा बत्ताएका थिए। ‘हामीले यसमा कुनै जवाफ पाएनौ’, वाइडेनले उत्तर कोरियाका बारे भनेका थिए।

अहिले उत्तर कोरिया खराब अवस्थामा पुगेको छ। केही दिन अगाडिको तथ्यांक अनुसार त्यहाँ अहिले २ लाख ५० हजार भन्दा बढीलाई ज्वरो आएको थियो।

संसारबाटै एक्लिएको देश उत्तर कोरियालीलाई विश्वव्यापी भ्याक्सिन वितरण परियोजना कोभ्याक्स तथा दक्षिण कोरियाले भ्याक्सिनको अफर गरेका थिए। यी दुवै प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको हो।

उत्तर कोरियाले लकडाउनको माध्यमबाट देशमा कोरोनाको प्रवेश नै नभएको दाबी गरे पनि विज्ञ केही समयदेखि नै त्यस देशमा भाइरसको प्रभाव रहेको अनुमान गर्छन्। त्यहाँका अधिकारीले जडीबुटी सेवन, अदुवा पानी र इबु प्रोफीनको प्रयोग गर्न भनिरहेका छन्। त्यहाँका नेता किम जङ्ग उन माथि त भ्याक्सिन र औषधिको व्यवस्थापन गर्न नसकेको आरोपसमेत लाग्न थालेको छ। चीन पनि ओमिक्रोनको रूपमा नयाँ परावर्तन भएसँगै कोभिडको लडाइँमा सङ्कटको सामना गरिहेको छ। विगतको भन्दा पछिल्लो समय चीनको अवस्था पनि फरक छ।

दक्षिण कोरियासँगको संयुक्त पत्रकार सम्मेलनमा वाइडेनले उपयुक्त मौका मिलाएर किमसँग भेट्न चाहेको पनि बत्ताएका थिए। वाइडेनले किम आफै यस कुरामा कत्ति सचेत हुन्छन् या कत्ति गम्भीर हुन्छन् भन्ने कुरा निर्भर रहने बत्ताएका छन्।

उनी भन्दा अगाडीको राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा सिंगापुरमा किमसँग वार्ता गरेका थिए। त्यो वार्तालाई विश्व राजनीतिमा नै महत्त्वपूर्ण र ऐतिहासिक मानिएको थियो। तर, त्यस समयमा वाइडेनले यी दुई देश बीचको साझेदारी र सहकार्यको आवश्यकतामा प्रश्न चिन्ह खडा गरेका थिए। दक्षिण कोरिया र अमेरिकाको बिचमा सैन्य सहयोगका बारे पनि वार्ता भएको हो।

त्यहाँका जनसंख्याको २ लाख मानिसलाई ज्वरो आउनुका बाबजुद सरकारले अवस्था भयावह नभएको जनाएको थियो। संसारबाटै एक्लिएको त्यस देशमा एकै पटक यत्ति धेरै संकट भएपछि त्यस स्थानमा औषधिको अवस्था कस्तो रहने भन्ने चासो संसारमा नै देखिएको थियो।

उत्तर कोरियाले लकडाउनको माध्यमबाट देशमा कोरोनाको प्रवेश नै नभएको दाबी गरे पनि विज्ञ केही समयदेखि नै त्यस देशमा भाइरसको प्रभाव रहेको अनुमान गर्छन्।

यसपछि नै उत्तर कोरियाले विगतदेखि नै शत्रु ठान्ने गरेका दक्षिण कोरिया र अमेरिकाबाट सहयोगको प्रतिबद्धता भएको होे। दस दिन अगाडिको तथ्याङ्क अनुसार त्यहाँ २ लाख ६७ हजार जनालाई ज्वरो आएको थियो। त्यस अवधिमा दुई जनाको ज्यान गएको थियो। १३ मे मा पहिलो पटक कोभिडका कारण आफ्नो नागरिकको ज्यान गएको उत्तर कोरियाले जानकारी दिएको थियो। परन्तु, त्यो दाबीमा अन्तर्राष्ट्रिय निकाय कहिले पनि सहमत भएको थिएन।

उत्तर कोरियासँग प्रशस्त परीक्षणको अभाव छँदै छ, साथै भ्याक्सिनको पनि अभाव रहेका कारण विश्व स्वास्थ्य सङ्गठनले त्यहाँको अवस्था भयावह भएको जनाएको छ। दक्षिण कोरियाले भने उत्तर कोरियाको सरकारको कारण त्यहाँको जनजीवनमा अझ समस्या आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

अहिले उत्तर कोरियाले कसरी गणना गरेको छ भन्ने नै यकिन भएको छैन। त्यहाँको सूचना श्रोतका अनुसार सहरी क्षेत्रमा ज्वरो आउनेको सङ्ख्या घटेको छ भने ग्रामीण क्षेत्रमा बढ्दो छ। उत्तर कोरियाली क्षेत्रको अध्ययन गरिरहेका अनुसन्धानकर्ता मार्टीयन विलियम्स उत्तर कोरियाको बारे यथेष्ट जानकारी पाउन नै कठिन भएको बताउँछन्।

अहिले उत्तर कोरियाले मानवीय संवेदनालाई ध्यानमा राखेर संसारका धेरै देशले गरेको सहयोगलाई अस्वीकार गरेको छ। यसले धेरैलाई आश्चर्यमा पारेको छ। बिहीबार मात्र विश्व स्वास्थ्य सङ्गठनले उत्तर अमेरिकालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। विश्व स्वास्थ्य सङ्गठनले त्यहाँका स्वतथ्यकर्मीलाई आवश्यक पर्ने सामग्रीका साथै औषधि उपचार सहयोग गर्ने जनाए पनि त्यहाँ कुनै अधिकारी सम्पर्कमा नआएको जनाइएको छ।

उत्तर कोरियासँग प्रशस्त परीक्षणको अभाव छँदै छ, साथै भ्याक्सिनको पनि अभाव रहेका कारण विश्व स्वास्थ्य सङ्गठनले त्यहाँको अवस्था भयावह भएको जनाएको छ।

समाचारमा जनाइए अनुसार उत्तर कोरिया दुवै देशको सहयोगलाई बे वास्ता गर्दै चीनतर्फ लम्किएको छ। त्यहाँका धेरै विमान चीनतर्फ गएको समाचारमा जनाइएको छ। सन् २०२० को जनवरीमा तेस्रो पुस्ताका तानासाह किम जोंग उनको नेतृत्वमा रहेको उत्तर कोरियाली कोरोना महामारी रोक्नकै लागि सबै सीमा बन्द गरेको थियो। केही समय अगाडिसम्म उत्तर कोरियाले कोरोना भाइरस नभएको दाबी गरेको थियो। संसारका सबै देशसँग सीमा बन्द भएका उत्तर कोरियामा भाइरसले प्रवेश नै नपाउनुलाई अन्तर्राष्ट्रिय समुदायले सामान्य रूपमा लिएको थियो।

क्रिस्चीयन एड ग्रुपमा कार्यकारी निर्देशकले त्यहाँ सहयोग गर्न चाहे पनि उत्तर कोरियाले अस्वीकार गरेको बत्ताएका छन्। उनले पनि त्यहाँको अवस्था समाचारमा जनाइए भन्दा धेरै खराब रहेको जनाइएको छ।

उत्तर कोरियाले आफूलाई संसारबाट अलग देखाउन भ्याक्सिनको सहयोगलाई अस्वीकार गरेको या भण्डारको समस्याका कारण अस्वीकार गरेको भन्ने अझै निश्चित भएको छैन। चंगकै विचारमा यी दुवै कारणले उत्तर कोरियाले सहयोगलाई अस्वीकार गरेको हो।

सन् २००५ देखि २००८ सम्म उत्तर कोरियाका लागि बेलायती राजदूत रहेका एलीस्टार मोर्गानले त्यस देश भित्रको गोप्यता भङ्ग हुने डरले त्यहाँ कसैलाई प्रवेश नदिन नै सहयोगलाई अस्वीकार गरिएको बताएकी छिन्। उनको विचारमा उत्तर कोरियाको सीमा भित्रका दमनलाई संसारले न देखुन् भन्नकै खातिर यो सबै गरिएको हो। उनले यस भन्दा अगाडि पनि ट्रम्पले उत्तर कोरियाली नेतृत्वसँग कुरा गराउन धेरै मध्यस्थता गरे पनि किम र उनका सहयोगी लामो सहकार्यका लागि पन्छिएको बताउँछिन्।

उत्तर कोरियाले आफूलाई संसारबाट अलग देखाउन भ्याक्सिनको सहयोगलाई अस्वीकार गरेको या भण्डारको समस्याका कारण अस्वीकार गरेको भन्ने अझै निश्चित भएको छैन।

‘अहिले उत्तर कोरियाले आफ्नै देशका नागरिकको बाहिरी दुनियाँसँग सम्पर्क गरेको चाहँदैन। सत्ताको त्यसै चाहनाले त्यहाँ धेरै समस्या परेको छ,’ मोर्गानले भनेकी छिन्। यस महामारीमा त्यहाँको वास्तविक अवस्था धेरैलाई थाहा नभए पनि सरकारले दाबी गरेको हालसम्म ६५ जनाको मृत्युको समाचारलाई कसैले पत्याएको छैन। यस पटकको महामारीले उत्तर कोरियामा विकराल रूप नै धारण गरिसकेको अनुमान छ। अहिले उत्तर कोरियामा भ्याक्सिन नलगाइएको कारण हजारौँ जनाको ज्यान जाने अनुमान गरिएको छ।

अहिले संसारमा हाबी भएको ओमिक्रोन नै उत्तर कोरियामा रहेको धेरैले अनुमान गरेका छन्। उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियामा कुल जनसङ्ख्याका ८५ प्रतिशतले पुरै डोज भ्याक्सिन लगाएका छन्।

दक्षिण कोरियाका स्वास्थ्यकर्मी कि पार्कले धेरै पटक उत्तर कोरियाको अवस्था बुझे। उनले कुनै पनि हालतमा त्यस देशलाई बाह्य सहयोगको आवश्यकता रहेको बताएका छन्। ‘चीनबाहेक अन्य देशको सहयोग लीने या नलिने भन्ने निर्णय गर्ने उनीहरूले नै हो’, पार्कले भनेका छन्।

‘अहिले त्यहाँ सबैले सहयोग नगरे अवस्था साँच्चै विकराल पनि हुनसक्छ। त्यहाँ स्वास्थ्य सङ्कटकाल छ। यस अवस्था पनि सही औषधि उपचार भएमा धेरैको ज्यान बचाउन सकिन्छ’, पार्कले भने। त्यसो त उत्तर कोरियाले वास्तविकता बाहिर आउन नदिए पनि कोरोना महामारी कालमा बाहिरी दुनियाँसँग सम्बन्ध विच्छेद नै जस्तो भएकाले त्यहाँको आर्थिक अवस्था पनि खराब भइसकेको हुनसक्नेछ। तथापि अन्तर्राष्ट्रिय निकाय उत्तर कोरियामा तत्कालका लागि स्वास्थ्य सामग्री नै आवश्यक रहेकोमा जोड दिन्छन्।
अहिले संसारमा कोभिड महामारीको असर नगण्य मात्रामा छ।

भ्याक्सिनेसनको कारण धेरैमा समस्या समाधानको बाटोमा गएको छ। यसका बाबजुद उत्तर कोरिया भने संसारसँग अनावश्यक जोरी खोज्दै आफ्नै नागरिकको जीवनसँग खेलबाड गर्दैछ। स्रोतः बीबीसी, अलजजीरा र भ्वाइस अफ अमेरिका

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ३० बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले