यूएईको समृद्धिबाट नेपालले के पाठ सिक्नसक्छ ? | Khabarhub Khabarhub

यूएईको समृद्धिबाट नेपालले के पाठ सिक्नसक्छ ?



संयुक्त अरब इमिरेट्स (यूएई) लाखौँ नेपालीलाई रोजगारी दिने मुलुक हो। मरुभूमिमा अवस्थित मुलुक यूएईको आर्थिक समृद्धि विश्वकै लागि उदाहरणीय छ। यूएईका सहर दुबई, अबुधाबी, अज्मन, शरजाह विश्वका समृद्ध शहरको सूचीमा पर्छन्।

यूएईमा वैदेशिक रोजगारीका लागि गएका नेपालीले हरेक वर्ष अर्बौँ रुपैयाँ बराबरको रेमिट्यान्स पठाउने गरेका छन्। जसले नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउँदै आएको छ। यूएई मध्यपूर्वको आर्थिक केन्द्र पनि हो। प्रविधि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र अन्य क्षेत्रमा यूएईको प्रगति चामत्कारिक भन्दा कम छैन।

मरुभूमिमा अवस्थित मुलुक यूएईको आर्थिक समृद्धि विश्वकै लागि उदाहरणीय छ। यूएईका सहर दुबई, अबुधाबी, अज्मन, शरजाह विश्वका समृद्ध शहरको सूचीमा पर्छन्।

कुनै समय यूएईको अवस्था निकै नाजुक थियो। मरुभूमिमा अवस्थित मुलुकको अवस्था कस्तो नै पो हुँदो हो। तर, यूएईले आफूसँग भएको प्राकृतिक श्रोत खासगरी तेल र ग्यासलाई सदुपयोग गरी आजको अवस्थामा आइपुगेको हो।

नेपालसँग तेल र ग्याँसको खानी नै त नहोला। तर, नेपाल प्राकृतिक श्रोत र साधनमा यूएईभन्दा कम छैन। नेपालले आफ्नो प्रकृतिक श्रोत र साधन चिन्न र त्यसको सदुपयोग गर्न नसकेकाले नेपालको अवस्था यस्तो भएको हो भन्ने टिप्पणी पनि हुँदै आएको छ।

तेलको पैसामा उभिएको मुलुकको संज्ञा दिइए पनि यूएईको अर्थतन्त्र तेल र त्यसको आयमा मात्र सीमित छैन। यूएईको अर्थतन्त्रलाई गैर–तेल आय र अन्य विविध आर्थिक क्षेत्रले पनि उत्तिकै मात्रामा योगदान दिँदै आएका छन्।

अहिले यूएई अरब क्षेत्रको सबैभन्दा महत्वपूर्ण र आकर्षक आर्थिक केन्द्रको रुपमा विकसित मात्र भएको छैन, यो मुलुकले विश्वभरका व्यापारिक संस्था, प्रतिस्पर्धात्मक व्यवसाय र प्राविधिक कम्पनीलाई आकर्षित गरिरहेको छ। यूएईको दुबई सहरमा रहेको संसारको सबैभन्दा अग्लो र प्रतिष्ठित बुर्ज खलिफा भवनले यूएईको समृद्धिको उदाहरणलाई उभ्याएको छ।

तेलको पैसामा उभिएको मुलुकको संज्ञा दिइए पनि यूएईको अर्थतन्त्र तेल र त्यसको आयमा मात्र सीमित छैन। यूएईको अर्थतन्त्रलाई गैर–तेल आय र अन्य विविध आर्थिक क्षेत्रले पनि उत्तिकै मात्रामा योगदान दिँदै आएका छन्।

इतिहासदेखि अहिलेसम्म

बेलायतको संरक्षणमा तत्कालीन समयमा फारसको खाडीमा स्थानीय शासकहरुले शासन गरिरहेका स-साना राज्यले सन् १९७१ मा पूर्ण रुपमा स्वतन्त्रता पाए। त्यसलगत्तै ती राज्यका शासकले राज्यको संघ निर्माण गर्ने तयारी थाले।

त्यसै अनुसार खाडी क्षेत्रमा रहेका अबुधाबी, दुबई, शारजाह, फुजइरा, अजमन, उम अल कुवैन, रास अल कइमा, बहराइन र कतारका शासकले आफ्नो राज्यलाई एकीकरण गरी संघीय प्रणाली निर्माण गर्ने विषयमा छलफल सुरु गरे।

तर, बहराइन, कतार र रास अल कइमाले भने त्यस किसिमको संघमा सहभागी नहुने जनाएपछि बाँकी रहेका ७ राज्य अबुधाबी, दुबई, शारजाह, फुजइरा, अजमन र उम अल कुवैन शासकले सन् १९७१ डिसेम्बर २ का दिन आफ्ना राज्यलाई संघीय शैलीमा लगेर संयुक्त अरब इमिरेट्स नामक नयाँ मुलुकको घोषणा गरे। रास अल कइमालेपछि सन् १९७२ को फेब्रुअरीमा यूएईमा सामेल हुने घोषणा गर्यो। यसरी यूएई भन्ने मुलुकको स्थापना भयो।

यूएईमा तेलको खानी पत्ता लाग्नुअघि सन् १९५० को दशकसम्म त्यहाँका मानिस सामान्य व्यापार र माछा मारेर जीविका चलाउँथे।

यूएईमा तेलको खानी पत्ता लाग्नुअघि सन् १९५० को दशकसम्म त्यहाँका मानिस सामान्य व्यापार र माछा मारेर जीविका चलाउँथे। त्यस क्षेत्रबाट फारसको खाडीमा समुद्री लुटेराको बिगबिगी पनि उत्तिकै हुने गथ्र्यो। मरुभूमिमा रहेकाले त्यस क्षेत्रको अवस्था निकै दयनीय थियो।

आर्थिक कारोबार र व्यापारिक क्रियाकलाप त्यतिधेरै हुँदैनथ्यो। सन् १९६० को दशकको सुरुमा यूएईमा तेल पत्ता लाग्यो। तेल पत्ता लाग्ने बेला पनि त्यहाँका स–साना राज्यहरु बेलायतकै संरक्षणमा रहेकाले बेलायती र अमेरिकी तेल कम्पनी त्यहाँ तेल उत्खनन गर्न पुगे।

एसियाली मुलुक जापान, दक्षिण कोरिया, सिङ्गापुर, ताइवान तथा अन्य युरोपेली मुलुकले त्यतिबेला तीब्र रुपमा पूर्वाधारको विकास गरिरहेकाले त्यहाँ तेलको ठूलो माग थियो। त्यस मौकालाई सदुपयोग गर्दै यूएईबाट ठूलो मात्रामा तेल निर्यात हुनथाल्यो। तेलको निर्यातबाट त्यहाँ आय पनि बढ्न थाल्यो।

आर्थिक कारोबार र व्यापारिक क्रियाकलाप त्यतिधेरै हुँदैनथ्यो। सन् १९६० को दशकको सुरुमा यूएईमा तेल पत्ता लाग्यो। तेल पत्ता लाग्ने बेला पनि त्यहाँका स-साना राज्यहरु बेलायतकै संरक्षणमा रहेकाले बेलायती र अमेरिकी तेल कम्पनी त्यहाँ तेल उत्खनन गर्न पुगे।

तेलबाट आय बढ्न थालेपछि बेलायतबाट पूर्ण स्वतन्त्रताको माग पनि उठ्न थाल्यो। त्यही अनुसार सन् १९७१ मा बेलायतले ती राज्यको संरक्षण आफ्नो जिम्मेवारीमा नरहेको घोषणा गर्यो। यद्यपि त्यहाँ विदेशी तेल कम्पनीलाई उत्खनन् गर्ने स्वन्त्रता भने खोसिएन।

अरब मुलुकहरु इजिप्ट र सिरियाले इजरायलमाथि सन् १९७३ को योम किपुर पर्वमा युद्ध घोषणा गरेसँगै अरब मुलुकले तेलमा नाकाबन्दी लगाए। यसले पश्चिमा मुलुकमा तेलको हाहाकार मच्चियो भने तेलको मूल्य ह्वात्तै बढ्यो। यसले यूएईमा तेल निर्यातको आय पनि बढ्यो।

तेलमा नाकाबन्दीको सबैभन्दा ठूलो मार भने विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र तथा औद्योगिक मुलुक अमेरिकालाई प¥यो। अमेरिकाले आफ्नो उद्योग र अर्थतन्त्रलाई चलाउनका लागि तेलको उत्खननमा धेरै पहिल्यैदेखि नै चासो दिइरहेको थियो। सन् १९७३ को नाकाबन्दीपछि अमेरिकाले तेलको सुरक्षामा बढी नै चासो दिन थाल्यो।

अरब मुलुकहरु इजिप्ट र सिरियाले इजरायलमाथि सन् १९७३ को योम किपुर पर्वमा युद्ध घोषणा गरेसँगै अरब मुलुकले तेलमा नाकाबन्दी लगाए।

त्यसमाथि सन् १९७९ मा त्यतिबेलाको सबैभन्दा महत्वपूर्ण तेल निर्यातकर्ता मुलुक इरानका शासक शाह मोहम्मद रेजा पहलावीविरुद्ध इस्लामिक क्रान्ति भयो भने त्यसपछि इरानमा तेल उत्पादनमा कमी आयो। त्यसपछि फेरि विश्वमा तेलको मूल्यमा वृद्धि भयो।

त्यसपछि अमेरिकाले यूएईलगायत तेलमा सम्पन्न मुलुकसँग सम्बन्धलाई बढाउँदै लग्यो। त्यसअनुसार यूएईमा अमेरिकी कम्पनीको लगानी पनि बढ्दै गयो। अमेरिकाले त्यहाँ तेलमा मात्रै नभई अन्य व्यावसायिक क्षेत्रमा पनि लगानी बढायो।

यसरी भयो यूएईको विकास

आखिर के कारण छ जसले मरुभूमिमा अवस्थित यूएईलाई यतिको समृद्ध बनायो ? यूएई आफैँमा सार्वभौम मुलुक भएपनि त्यहाँको सरकार प्रणाली संघीय हो। विभिन्न अमिरले शासन गर्दै आएका स–साना ७ राज्यहरु आन्तरिक मामिला, आर्थिक मामिला, सामाजिक मामिला व्यवस्थापन गर्न एक हदसम्म स्वतन्त्र छन्।

त्यसैले कुनै एक वा दुई नेताको कारणले गर्दा यूएईको अवस्था यस्तो भएको हो भन्न मिल्ने अवस्था छैन। तर, त्यहाँका सबै ७ इमिरेट्सको प्रयासले यूएई धनी बनेको भन्दा दुईमत नहोला।

त्यहाँको विकासको कारण हेर्दा त्यहाँ तेल निर्यातबाट भएको आम्दानीलाई त्यहाँका इमिरेट्सहरुले उत्पादनमूलक र नाफामूलक क्षेत्रमा लगानी गरेको कारण यूएईको आर्थतन्त्रले फड्को मारेको बताइन्छ। खासगरी योजनाबद्ध विकास, प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र प्रणालीको अभ्यास, तेल निर्यातको आयको गैर–तेल क्षेत्रमा लगानी लगायतका कारणले यूएईको अवस्था यस्तो भएको हो।

खासगरी योजनाबद्ध विकास, प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र प्रणालीको अभ्यास, तेल निर्यातको आयको गैर–तेल क्षेत्रमा लगानी लगायतका कारणले यूएईको अवस्था यस्तो भएको हो।

यूएईले तेल निर्यातबाट भएको आयलाई आर्थिक विविधिकरण अन्तर्गत निर्यातमुखी, उत्पादनमुलक, प्राविधिक, पूर्वाधार निर्माण, कृषि, पर्यटन, उर्जा, बैंकिङ्लगायतका क्षेत्रमा लगानी गरेको छ। त्यसबाहेक यूएईले मानव संशाधनमा पनि उत्तिकै लगानी गरेको छ। स्वास्थ्य, शिक्षा, रोजगारी, मनोरञ्जन, सञ्चार, खेलकुदमा गरेको लगानी पनि उल्लेख्य छ यसकारण यूएईको आर्थिक बृद्धि हरेक वर्ष बढिरहेको छ भने त्यहाँका नागरिकको जीवनस्तर पनि बढिरहेको छ।

नेपालले पनि मुलुकभित्र रहेका प्राकृतिक श्रोत, साधन र आफ्नो पहिचानलाई पहिचान गरी त्यसमा लगानी गर्नसके आर्थिक समृद्धिको बाटो समात्ने टिप्पणी नभएका होइनन्। त्यस्तै नेपालले यहाँ रहेका पर्यटकीय गन्तव्य, जलश्रोत, उर्जालगायतमा लगानी आकर्षित गर्नसक्छ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ७ : ११ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०