प्रधानमन्त्री शेरबहादुर देउवा भारतमा (भिडियोसहित) | Khabarhub Khabarhub

प्रधानमन्त्री शेरबहादुर देउवा भारतमा (भिडियोसहित)


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

तीनदिने भारत भ्रमणका गएका प्रधानमन्त्री देउवालाई शुक्रबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राज्यमन्त्री भट्टले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग आज भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्नेछन् ।

उनीहरूबीचको भेट होटल आईटीसी मौर्यमा हुनेछ ।

शनिवार बिहान १०: ४० मा प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

देउवा ११: १० बजे हैदरावाद हाउस पुग्ने छन् ।

प्रधानमन्त्रीद्वयको द्विपक्षीय भेटवार्ता दिउँसो १२:१५ बजे हैदरावाद हाउसमा हुनेछ ।

भेटवार्तापछि जयनगर–कुर्था रेलको शुभारम्भ गरिनेछ ।

द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीहरूले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ ।

शनिवार दिउँसो ४ : ३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग देउवाको भेटवार्ता हुनेछ ।

आइतवार बिहान ९ बजे बनारसमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा दिउँसो ४ बजे दिल्ली फर्किने र सवा ४ बजे स्वदेश फर्किने तालिका सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ११ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका