सुदूरपश्चिममा कोरोना संक्रमण घट्यो, जोखिम भने कायमै | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोना संक्रमण घट्यो, जोखिम भने कायमै


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्न थालेको छ । पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । तथ्यांकमा संक्रमण दर घटेको देखिए पनि स्वास्थ्यकर्मी भने पछिल्लो समय कोरोनाको जोखिम झनै उच्च रहेको बताउँछन् ।

‘अहिले घरघरमै कोरोन जस्तै लक्षण भएका बिरामी देखिन्छन्,’ सुदूपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदिश जोशीले भने, ‘अस्पतालमा परीक्षण गराउन आउनेको संख्या न्यून छ, जसका कारण संक्रमण दर केही घटेको देखिए पनि जोखिम उच्च छ ।सबैले सावधानी अपनाउनु पर्दछ ।’

भारतबाट आउने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा संक्रमण दर उस्तै रहेको भए पनि समुदाय स्तरबाट कोरोना परीक्षण गराउने दर घटेका कारण कोरोना संक्रमण दर घटेको जस्तो देखिएको निर्देशक जोशीले बताए । तर, कोराना परीक्षण गराउन अस्पताल आउनेमध्ये ६० प्रतिशत बढीमा संक्रमण पुष्टि हुने गरेको उनले बताए ।

‘अस्पतालसम्म पुग्नेमध्ये ६० प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ,’ निर्देशक जोशीले भने, ‘यसले यसले पनि कोरोनाको जोखिम उच्च छ भन्ने देखाउँछ, तथ्यांकमा संक्रमण घटेको देखेर खुसी हुनुपर्ने अवस्था छैन ।’

उनले भारतमा कोरोनाको जोखिम अझै पनि उच्च भएका कारण सुदूरपश्चिममा कोरोनाको जोखिम कम छ भन्ने नमिल्ने बताए । ‘भारतमा संक्रमण दर धेरै छ,’ प्रदेश स्वास्थ्य निर्देशक जोशीले भने, ‘त्यसको प्रत्यक्ष असर सुदूरपश्चिममा हुने गर्दछ, त्यसैले हामी देशका अन्य प्रदेशभन्दा बढी जोखिममा छौं ।’

पछिल्लो समय घरघरमै कोरोनाकै जस्तो लक्षण देखिएका बिरामी रहे पनि परीक्षण गराउन अस्पतालसम्म नआउने गरेको भन्दै त्यसले जोखिम अझै बढाउन सक्ने निर्देशक जोशी बताउँछन् । कोरोनाको जस्तो लक्षण देखिएमा सबैलाई स्वास्थ्य संस्थामा गएर अनिवार्य स्वास्थ्य परीक्षण गराउनसमेत उनले आग्रह गरेका छन् ।

स्वास्थ्य निर्देशनालय डोटीले पछिल्लो एक साताको अवधिमा सार्वजनिक गरेको कोरोना संक्रमण दरको तथ्यांकअनुसार ११ माघमा सुदूरपश्चिममा सबैभन्दा बढी ६५२ जनामा संक्रमण देखिएको थियो । त्यसपछि भने संक्रमण दर निरन्तर घट्दो क्रममा छ । ११ माघमा एक हजार ९७३ जनाको स्वास्थ्य परीक्षण गर्दा ६५२ जनामा संक्रमण देखिएको थियो । १२ माघमा एक हजार ८ ५० जनाको स्वाव परीक्षण गर्दा ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार १३ माघमा एक हजार ९१३ जनाको स्वास्थ्य परीक्षण गर्दा ५५८ जना र १४ माघमा ४८६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ माघमा २६९ जनामा कोरोना संक्रमण पुष्टि भएका निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी १६ माघमा ३३६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सोमबार भने पुनः संक्रमण दर बढेर ४१३ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार प्रदेशका एक हजार ४४८ जनाको स्वास्थ्य परीक्षण गर्दा ४१३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा एक साताको अवधिमा तीन जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १३ माघमा कैलालीका एक जनाको र १४ माघमा कैलाली तथा कञ्चनपुरका एक एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संखया ६२३ रहेको छ । सोमबारसम्म सुदूरपश्चिममा ५७ हजार ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५३ हजार ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

सोमबारसम्म सुदूरपश्चिममा चार हजार ६९८ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सोमबारसम्म कैलालीका सबैभन्दा बढी दुई हजार ५०२ जनामा कोरोनाको सक्रिय संक्रमित छन् । यसैगरी कञ्चनपुरका एक हजार ८२ जनामा सक्रिय संक्रमित छन् ।

निर्देशनालयका अनुसार डोटीमा २७९, दार्चुलामा ८६, डडेल्धुराका २४८, बाजुरामा २३१, बझाङमा १४१, बैतडीमा २०२ र अछाममा १३१ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका