अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभामा अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्। जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको हो।

संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छली ल्याएको औषधिसहित उनीहरु पक्राउ परेका हुन्।

पीबीओजी नामको कृषि बालीमा प्रयोग हुने औषधि रुद्राक्षको बोटमा छर्कने लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड र संखुवासभाबाट खटिएको संयुक्त प्रहरी टोलीले लजमा छापा मारेको थियो।

कोठामा स्टोर गरी राखेको करिव ८०० के.जी. बराबरको पीबीओजी औषधि भेटिएको प्रहरीले जानकारी दिएको छ।
बरामद भएको औषधिसहित दुई चिनियाँ नागरिकलाई कारवाहीका लागि राजश्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : ०४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन