ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : अध्यक्ष नेपाल (भिडियो) | Khabarhub Khabarhub

ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : अध्यक्ष नेपाल (भिडियो)


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको दाबी गरेका छन् ।

समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्ये एमाले अध्यक्ष ओली सरकारको पालामा सबैभन्दा धरै भ्रष्टाचार भएको आरोप लगाए । उनले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले हचुवाको भरमा जथाभावि विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च भएको बताउँदै आफू उक्त कुराको विरोधी भएको र पर्यटनमन्त्रीलाई यस्ता कुरामा ध्यान दिन आफूले निर्देश गरेको बताए ।

कार्यक्रममा श्रममन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी दिने गरेर सरकार लागिपरेको बताउँदै बैदेशिक रोजगारमा जानु्पर्दा लेवरमा मात्रै नभएर दक्ष जनशक्ति पठाउनेबारे छलफल भइरहेको जानकारी दिए।

उनले जनताले दिएको मतको नेकपा एमालेले इज्जत गरेको भए अहिले यो अवस्थामा नेकपा एमाले नपुग्ने प्रतिक्रिया दिए।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ३६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न