मिठाईमा मनपरी, अखाद्य वस्तुको बिगबिगी | Khabarhub Khabarhub

मिठाईमा मनपरी, अखाद्य वस्तुको बिगबिगी


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारमा फलफूलसँगै बढी प्रयोग हुने खाद्य वस्तु हो मिठाई । उपभोक्ताहरूले व्यवसायीको विश्वास गरेर मिठाई खरिद गर्छन् ।
अनुगमनका क्रममा भने उपभोक्ताको विश्वासमा घात भएको फेला पर्ने गरेको छ ।

मिठाईमा म्याद सकिएको रङ प्रयोग गरेको अभियोगमा गत शुक्रबार सुन्धारास्थित गुलाब मिठाई पसल दुई लाख रुपयाँ जरिवानामा पर्‍यो।
आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, अरूका उत्पादनमा आफ्नो लेबल राखेको र उत्पादन मिति उल्लेख नभएका पेय पदार्थ बिक्री गरेको अभियोग पनि लागेको थियो ।

गत बुधबार बत्तीसपुतलीमा रहेको रामेश्वर मिठाई पसल पनि १० हजार रुपैयाँ जरिवामा पर्‍यो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उक्त पसलमा मिठाई बनाउन बसालिएका तीन वटामध्ये दुई वटा कराईको तेल मिठाई बनाउन अयोग्य थियो ।

पसलका सञ्चालकले उक्त तेल फाल्नका लागि तयार राखिएको दाबी गरेका भए पनि तेल चुलोमा तातिरहेको अवस्थामा थियो ।

मिठाई बनाउन प्रयोग गरिने रङ र मसलाको म्याद पनि सकिएको थियो । फ्रिजमा राखिएका करिब एक दर्जन बोतल कोल्ड ड्रिङ्सको पनि म्याद सकिएको थियो ।

गत साताकै मङ्गलबार महाराजगञ्जस्थित प्रिया स्वीट एन्ड चाट हाउसले र ताज बेकरीले २०–२० हजार रुपैयाँ जरिवाना तिरेका थिए ।

ताज बेकरीले व्यवसाय सञ्चालनका लागि लिनु पर्ने कुनै पनि दर्ता प्रमाण पत्र देखाउन सकेको थिएन ।

बेकरीको डिफ्रिजमा म्याद सकिएको कुल्फी र आइसक्रिम थियो । त्यहाँबाट केही आइसक्रिम र जफत गरिएको थियो । महाराजगञ्ज चोकैमा रहेको प्रिया स्वीटको पाकघर अँध्यारो र फोहोर थियो ।

धेरै जसो मिठाई पसलमा म्याद सकिएका रङ र मसलाको प्रयोग भइरहेको पाइएको छ । अनुगमन टोलीले यस्ता व्यवसायीहरूलाई जरिवाना गर्ने गरेको छ । भुजिया र सनपापडी पनि म्याद गुज्रिएको पाइने गरेको छ ।

काठमाडौँ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले मिठाईका खाद्यवस्तुमा अनुचित व्यापार गर्नेलाई जरिवाना गरेको जनाएको छ ।

मिठाईको गुणस्तरमा सधैँ प्रश्न उठ्ने गरेको छ । अखाद्य रङ र एकपटक तताएको तेलको निरन्तर प्रयोग, म्याद सकिएको पिठो र मसला इत्यादि मिठाई पसलमा सधैँ हुने घटना हुन् । अनुगमन भने मौसमीमात्रै हुने गरेको छ ।

विशेष गरेर तिहारमा मिठाईको अत्यधिक माग हुने गरेको छ । मिठाईमा खास गरेर अखाद्य तथा म्याद गुज्रिएको रङ र मसाल प्रयोग हुने गरेको छ । म्याद गुज्रेको पीठो पनि धेरै ठाउँमा पाएको छ ।

मिठाईमा कृत्रिम रङको बढी प्रयो हुने गरेको छ । प्राकृतिक कच्चा पदार्थबाट बनेको खाद्य रङ महँगो पर्ने भएकाले व्यवसायीहरूले अखाद्य कृत्रिम रङ प्रयोग प्रयोग गर्ने गरेका छन् ।

मिठाई पसलमा प्रयोग हुने अर्को हानिकारक वस्तु तेल हो । एक पटक तताएर प्रयोग गरिएको तेलमै नयाँ तेल थप्दै निरन्तर प्रयोग हुने गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार एक पटक तताएको तेल निरन्तर प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्तो तेल अखाद्य हुन्छ ।

विभागले कृत्रिम रङको प्रयोग भएका खाद्य पदार्थ प्रयोग नगर्न उपभोक्तहरूलाई आग्रह गरेको छ । ‘खाद्य रङको प्रयोग नै गर्न नहुने भनेको होइन, नियमावलीमा तोकिएका खाद्य रङहरू मात्र प्रयोग गर्न पाइने व्यवस्था रहेको छ,’ महर्जनले खबरहबसँग भने ।

अनुगमनका क्रममा मिसावटका कस्ता प्रमाणहरू फेला पर्छन् त ?

महर्जनका अनुसार एकपटक कराइमा हालेर तताइएको तेल पटकपटक प्रयोग गर्ने गरेको पाइन्छ । अखाद्य रङको प्रयोग अर्को ठूलो समस्या हो ।

पाकघरको सफाइ अर्को महत्वपूर्ण पक्ष हो । धेरै जसो मिठाई पसलका पाकघर फोहोर र अँध्यरा छन् । भण्डार कोठा पनि फोहर र अव्यवस्थित हुने गरेको छ ।

महर्जनका अनुसार विगत केही वर्षअघिको तुलनामा अखाद्य रङको प्रयोग भने कम हुँदै गएको छ । रङप्रति उपभोक्ताहरूको चेतना बढ्दै गएको छ । उनीहरूले रङ नहालिएका मिठाई खोज्ने गरेका छन् ।

तेल, मसला, पिठो, पाकघर र भण्डारको अवस्थाबारे भने उपभोक्ताको ध्यान पुग्ने गरेको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : १६ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार