३ हजार १०६ जना कोरोना संक्रमित थपिए, २३ को मृत्यु | Khabarhub Khabarhub

३ हजार १०६ जना कोरोना संक्रमित थपिए, २३ को मृत्यु


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २६३ जनाको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८२६ जनामा कोरोना पुष्टि भएको छ ।

हिजो पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

हालसम्म नेपालमा पीसीआर परीक्षणबाट देखिएका कोरोना संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ भने एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएकाको कुल संख्या ६१ हजार ३५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ५० बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति