पुरुष शौचालयमा दीपिका र आलिया | Khabarhub Khabarhub

पुरुष शौचालयमा दीपिका र आलिया


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्रीद्वय आलिया भट्ट र दीपिका पादुकोण बलिउडको उत्कृष्ट अभिनेत्रीको सूचीमा पर्दछन् । आलिया र दीपिकाको नाम लिँदा अभिनेता रणवीर कपूर छुट्दैनन् । किनकी आलिया रणवीरको वर्तमान प्रेमिका हुन् भने दीपिका पूर्व हुन् ।

एबीपी लाइभका अनुसार बर्लिनमा भएको ‘आइफा अवार्ड’ मा यी दुई अभिनेत्री एकसाथ पुरुष शौचालयमा पसेका थिए । जुन कुराको खुलासा उनीहरुले एक अन्तरवार्तामा गरेका छन् ।

‘बर्लिनमा भएको आइफा अवार्डको कार्यक्रम सकिएपछि हामी दुवैजना केही साथीहरुसँग एक कन्सर्टमा जाने निधो गर्यौ । त्यो समयमा हामी दुवैलाई शौचालय जानु पर्ने भयो । जब हामी महिला शौचालय पुग्यौं, त्यहाँ महिलाको निकै लामो ताँती थियो । त्यो ताँती देखेपछि हामी पुरुष शौचालयतिर लाग्यौं । त्यहाँ केही पुरुषहरु उभिएका थिए । तर हामी उनीहरुलाई निकालेर शौचालय भित्र पस्यौं’, दुवैले भनेका छन् । उनीहरुका अनुसार दीपिका र आलियाले यस्ता कैयौं किस्साको सामना गरेका छन् ।

कामको कुरा गर्दा आलिया फिल्म ‘आरआरआर’, ‘ब्रम्हास्त्र’ र ‘गंगुबाई काठियावाडी’ मा देखिँदैछिन् ।

दीपिका ‘८३’, ‘द इन्टर्न’ र ‘पठान’ जस्ता फिल्ममार्फत दर्शकमाझ आउदैछिन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ११ : २० बजे

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको