चोरी आरोपमा तीन जना प्रहरी निलम्बन | Khabarhub Khabarhub

चोरी आरोपमा तीन जना प्रहरी निलम्बन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  चोरी गरेको आरोपमा सिरहाका तीन जना प्रहरी निलम्बनमा परेको छ ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् ।

सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका छन् ।

गएको जेठ ९ गते गस्तिमा खटेको बेला उनीहरूले लहान नगरपालिका २३ गढीया चौकस्थित ‘पूजा मदिरा’ पसलबाट मदिरा चोरी गरेको आरोप लागेको थियो ।

मदिरा चोरी गरेको भिडियो सिसिटिभीमा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीको चौतर्फी आलोचना भएपछि उनीहरु विभागीय कारवाहीमा परेका हुन् ।

प्रहरी नायव उपरीक्षक तपन बहादुर सिंहको संयोजकत्वमा गठित चार सदस्य छानबीन समितिको सिफारिसका आधारमा उनीहरू कारबाहीमा परेका हुन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : ५९ बजे

आज सेतो मछिन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने