होलीमा सामूहिक झडप हुँदा ज्यान गुमाएका दुई जनाको चार दिनपछि अन्त्येष्टि | Khabarhub Khabarhub

होलीमा सामूहिक झडप हुँदा ज्यान गुमाएका दुई जनाको चार दिनपछि अन्त्येष्टि


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव आज अन्त्येष्टि गरिएको छ ।

गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो ।

उनीहरुको शव सोमबार बुर्तिबाङ शव परीक्षणका लागि लगिएको थियो ।

शव परीक्षण भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवार शव बुझ्न मानेका थिएनन् । आज प्रहरीले घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् ।

शव बुझेपछि परम्परागतरुपमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति दोर्ण कुँवरले बताए । दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको छ ।

उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाईं सक्रिय कार्यकर्ता हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ०० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न