भारतको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडकखण्ड हस्तान्तरण | Khabarhub Khabarhub

भारतको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडकखण्ड हस्तान्तरण


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको आर्थिक सहयोगमा निर्मित हुलाकी राजमार्गका १० सडक खण्ड हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले निर्माण सम्पन्न भएका सडकखण्डहरु संयुक्त रुपमा नेपालका जनतालाई ‘समर्पित’ गरेका हुन् ।

सडक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्र नाथ श्रेष्ठ, उप–सचिव श्री केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा उक्त कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा राजदूत क्वात्रा र मन्त्री नेम्वाङले यस परियोजना सम्पन्न गर्न योगदान दिने सबैमा धन्यवाद व्यक्त गरे ।

तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको थियो । जुन भारत सरकारको नेरु. ८०० करोड आर्थिक सहयोगमा निर्माण गरिएको जनाइएको छ ।

यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग पनि जोड्दछन् ।
प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पुर्‍याएको छ ।

सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ ।

यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको जनाइएको छ । भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको हो ।

यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेड (NHIDCL) लाई चयन गरिएको थियो ।

यस सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नत गर्न ठूलो सहयोग पुर्‍याउनुका साथै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा रहेको दूतावासले जनाएको छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी भइरहेको जनाइएको छ ।

यी हुन् निर्माण सम्पन्न भएका सडकखण्ड

 सडकको नाम                             लम्बाई (किमि)               जिल्ला
१ मनमत—कलैया—मटियर्वा,प्याकेज ११५.००              बारा
२ मनमत—कलैया—मटियर्वा,प्याकेज २११.६६             बारा
३ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज  ११७.०० धनुषा
४ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २१५.३१ धनुषा
५ जनकपुर— यदुकुहा   १६.६३    धनुषा
६ माइस्थान—गौशालाबजार—सम्शी २६.९४  महोत्तरी
७ जलेश्वर—हर्दी    २७.२६ महोत्तरी
८ लमही—कोइलाबास  ३३.४७ दाङ्
९ कानेपोखरी—रङ्गेली  २५.४० मोरङ्ग
१० कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी  १७.२८ सप्तरी
११ तामागढी—सिम्रौनगढ, प्याकेज  १२०.०० बारा
१२ तामागढी—सिम्रौनगढ, प्याकेज २१९.७४५ बारा
१३ बीरगंज—ठोरी, प्याकेज  १२५.६०  पर्सा
१४ बीरगंज—ठोरी, प्याकेज  २३०.००  पर्सा

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ४९ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको