घर भाडामा लिएर यौनधन्दा ? | Khabarhub Khabarhub

घर भाडामा लिएर यौनधन्दा ?


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा घरनै भाडामा लिएर यौनधन्दा चलाउने गरेको पाईएको छ ।

दमक–६ को नयाँ तरकारी बजार नजिकैको एक घरमा यस्तो कारोवार हुने गरेको पाईएको हो ।

प्रहरीले त्यस्तो कारोवार गराउने दुई जना महिलालाई नियन्त्रणमा लिएसँगै यस्तो धन्दा हुने गरेको बाहिरिको हो ।

प्रहरीले सो घर खानतलासी गर्दा जवरजस्ती यौनधन्दामा लगाईएका ८ जना महिलाको समेत उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उद्धार गरिएकाहरुमा १७ देखि ३९ वर्ष उमेर समुहका रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी नायव उपपरीक्षक राकेश थापाका अनुसार ती महिलाहरुले मोरङ् पथरीशनिश्चरे ३ की ३८ वर्षीया उर्मिला नेम्वाङ् र ईलाम चुलाचुली ४ की बन्ठि भनिने नन्दिता साँवाले वेश्यावृतीमा लगाएको बताएका छन् ।

उनीहरुलाई आफन्तको जिम्मा लगाईएको छ भने जवरजस्ती वेश्यावृतीमा संलग्न गराएको आरोपमा दुई जनाविरुद्ध मानव वेचविखन मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ४० बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न