नेपाल बङ्गलादेश बैंकको एनबी अनलाइन कार्ड सञ्चालनमा | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकको एनबी अनलाइन कार्ड सञ्चालनमा


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन्।

उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन्।

बैंकले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि विदेशबाट मगाइने आइ–२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ।

साथै सामाजिक सञ्जालमार्फत आफनो व्यवसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ४० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ