प्रदेश २ मा बाल हेल्पलाईन सञ्चालन | Khabarhub Khabarhub

प्रदेश २ मा बाल हेल्पलाईन सञ्चालन


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ मा बाल हेल्पलाईन सञ्चालनमा आएको छ ।

मंगलबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका मुजेलियास्थित कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकार र आसमान नेपालको संयुक्त सहकार्यमा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनमा आएसंगै बालबालिकालाई जोखिम कम हुने आक्लन गरिएको छ ।

कार्यालयले बालबालिकाको मौलिक अधिकारको लागि काम गर्ने कार्यालयकी संरक्षण अधिकृत किरण यादवले जानकारी दिइन् । यसयघि प्रदेश २ मा बालहेल्प लाईन नहुँदा विपदमा परेको बालकालिकालाई उद्धार गर्नसमेत कठिनाई भइरहेको थियो ।

अधिकृत यादवका अनुसार सिमासंग जोडिएको यस प्रदेशमा बालबालिका जोखिममा पर्ने गरेको भन्दै कार्यालयले त्यसता बालबालिकालाई तत्काल अवास गृहमा राखेर परिवारलाई जिम्मा लगाउने छन् ।

‘जोखिममा परेको बालबालिकालाई उजुरी र समाचारको अधारमा खोजी गरी पुनः परिवारलाई नै जिम्मा लगाउँछौं,’ उनले क्षेत्राधिकार बारे जानकारी गराउँदै भनिन्, ‘तस्कारी हुन लागेको बालबालिका, निकृष्ट बालश्रम गरिरहेको बालबालिका, हराएका र जोखिममा परेको बालबालिकाको लागि काम गर्छौं ।’

प्रदेश २ मानव सुचाङ्कमा पनि तल रहेकाले पनि धेरैजसो बालबालिका निकृष्ट काम गर्न बाध्य रहेको उनले जानकारी दिईन् ।


बालबालिकाप्रति प्रदेश सरकार उदासिन : मन्त्री महतो

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले बालबालिकाप्रति प्रदेश सरकार उदासिन रहेको आरोप लगाएकी छिन् ।

मंगलबार जनकपुरधामको मुजेलियास्थित बाल हेल्पलाईन कार्यालयको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री महतोले बालबालिकाप्रति प्रदेश सरकार उदासिन रहेको आरोप लगाएकी हुन् ।

‘प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा महत्तव नै दिएको छैन् । प्रदेश सरकार र स्थानीय सरकारसंग ठोस योजना र कार्यक्रम छैन,’उनले भनिन्,‘बालबालिकाको लागि छुट्याएको पैसा पनि सदुपयोग भएको देखिदैनन् । बजेट फ्रिज गर्छन् तर, काम गर्दैनन् ।’

बालबालिकाको उत्थानको लागि केन्द्रीय सरकार गम्भिर रहेको उनले तीनै तहको सरकारसंग तुलना गर्दै बताइन् । सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै अनाथ बालबालिकाको शिक्षासंगै जिवनयापनको जिम्मा सरकारले लिने घोषणा गरिन् ।

‘कुनै पनि ठाउँमा बेसहारा, गरिब बालकालिका छन् भने हामीलाई जानकारी गराउनुस्,’ उनले भनिन्, ‘सरकारले त्यस्ता बालबालिकाको लागि शिक्षासँगै जीवनयापनको व्यवस्था गरेको छ ।’

बालविवाह समस्या यस प्रदेशमा जटिल रहेको भन्दै नागरिकस्तरबाट अवाज उठ्न आवश्यक रहेको उनले बताइन् । समाजिक कुरिती रोक्न नागरिक अग्रसर हुनुपर्ने आवश्यकता औल्याउँदै सबैले आफ्नो दायित्व पुरा गरे अन्तर्य गर्न सक्ने उनको भनाइ छ ।

बोक्सी प्रथा समाजमा अझै विद्दमान रहेको भन्दै उनले आक्रोस पोखिन् । ‘महिलालाई बोक्सीको आरोप लगाउनेहरु मलाई बोक्सीको आरोप लगाएर देखाउँ,’ उनले चुनौती दिँदै भनिन्, ‘जहिले पनि बोक्सीको आरोप गरिब, दलित र कमजोर महिलालाई मात्र लाग्छ । त्यसकारण महिला अब सशक्त हुनुपर्छ ।’

प्रदेश २ प्रहरी प्रमूख डिआईजी धिरजप्रताप सिंहले बालबालिकाको क्षेत्रमा साझा दायित्वको रुपमा काम गर्नु पर्ने औल्याए । प्रति वर्ष प्रदेश २ मा सात सय ५० बालबालिका हराइरहेको भन्दै यसलाई न्यूनीकरण गर्न सबै निकायलाई मिलेर संकल्प गर्न उनले सुझाए ।

बालबालिका हराएको सुचना प्रहरीले मात्र पाएको र भेटेको सुचना नपाउँदा तथ्याङ्कमा त्रुटी देखिएको उनले बताए । जन्ति आएकै दिन बालविवाहको उजुरी आउने हुँदा त्यसलाई नियन्त्रण गर्न नसकिएको सिंहले बताए । उनले बालविवाह रोक्न योजना बनेको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गर्न पनि आग्रह गरे ।

स्थानीय जनप्रतिनिधिले बालविवाहमा गरेको कमजोरी बारे उदाहरण देखाउँदै कठोर भएर निर्देशन र निर्णय लिनु पर्ने उनले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ३१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द