कमलपोखरी वरिपरिका संरचनामा महानगरले लगायो डोजर | Khabarhub Khabarhub

कमलपोखरी वरिपरिका संरचनामा महानगरले लगायो डोजर


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार कमलपोखरी वरिपरिका भौतिक संरचना भत्काएको छ ।

आइतबार साँझ महानगरपालिकाले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सतलमा डोजर लगाएर भत्काएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती संरचना भत्काइएको जानकारी दिए ।

‘कलपोखरी वरीपरी महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संगक्लब भवनलगायतका संरचना थिए,’ उनले भने, ‘हामीले पूर्व योजनाअनुसार नै ती संरचना भत्काएका हौँ ।’

ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताए ।

‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ,’ उनले भने, ‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । समान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’

पछिल्ले समय विघटित संसदका सांसद गगन कुमार थापाले कमलपोखरीमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाले पुनर्निर्माणको काम नरोक्ने बताएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले केही दिनभित्रै कमलपोखरी पुनर्निर्माणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ०८ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका