भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ « Khabarhub

भक्तपुरमा १९ वर्षीया युवती बलात्कृत, युवक पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा बस्दै आएकी एक युवती आफ्नै कोठमा बलात्कृत भएकी छिन् ।

भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षका विकास तजलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् ।

सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ५ : ४२ बजे

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौँ- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो

सिभिल बैंकको ९९ औँ एटिएम पोखराको लेकसाइडमा

पोखरा – सिभिल बैंकको ९९ औँ समृद्धिका लागि सिभिल बैंक

सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा आएको मुसलधारे वर्षा र बाढीका कारण दशौँ

बढ्दै कोरोना संक्रमण, एकै दिन ५३ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको

विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत्यु