सभामुख सापकोटाले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस (भिडियोसहित) « Khabarhub

सभामुख सापकोटाले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस (भिडियोसहित)


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका छन् ।

सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाइएको जानकारी दिएका हुन् ।

उनले अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको बताएका थिए ।

प्रतिनिधिसभा नरहेकाले सुनुवाई हुने अवस्था नरहेकाले र अनुकुल परिस्थिति नदेखिएको तथा विगतको नजिरलाई हेरेर पत्र फिर्ता गरिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले जानकारी दिए ।

हेरौँ भिडियो

त्यस्तै सभामुखलाई जानकारी नदिई संवैधानिक परिषद्को बैठक बसेर सिफारिस गरिएकोले संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ को नियम ६ बमाोजिम सभामुखले आफूमा निहित अधिकार प्रयोग गरी सवै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको प्रवक्ता पाण्डले बताए ।

उनले सुनुवाई समितिले ४५ दिनभित्र सुनुवाई गर्नुपर्ने र समिति नभएको अवस्थामा नाम फिर्ता पठाउने विगतको नजिर रहेको समेत जानकारी दिए ।

यसअघि पुस ५ गते संसद् सचिवालयमा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि पत्राचार गरेको थियो ।

संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाई गर्नुपर्ने प्राबधान छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : १७ बजे

भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि

चितवन– भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।

भरतपुरमा रेनुले पाइन् ११०९० मत, दुई हजारको अग्रता

काठमाडौँ : भरतपुर महानगरपालिकामा रेनु दाहालले ११ हजार ९० मत

मधेस प्रदेशमा सत्तारुढ दलले धाँधली गरेको एमालेको आरोप

जनकपुरधाम : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए

सप्तरीको महादेवामा लोसपा विजयी

सप्तरी : सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी

प्रभू साहको क्षेत्र मौलापुरमा एमाले निर्वाचित

रौतहट- प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा