छायांकनमा किशोर र सबिताको ‘सिर्जना’ | Khabarhub Khabarhub

छायांकनमा किशोर र सबिताको ‘सिर्जना’


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता किशोर खतिवडा र अभिनेत्री सबिता रेग्मीको मुख्य भुमिका रहेको फिल्म ‘सिर्जना’को हाल मकमानपुरको विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ ।

गत माघ १० गते हेटौंडामा मुहुर्त गरेर छायांकन शुरु भएको फिल्मको हाल २५ प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सबिताले शीर्ष भूमिका निर्वाह गरिरहँदा अभिनेता खतिवडा सिर्जनाको पतिको चरित्रमा देखिदैछन् । फिल्ममा वीरेन डिसी, पर्खाया बानियाँ, रामचन्द्र अधिकारी, रमेश अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।

बाबु थिङ निर्देशित सामाजिक कथाबस्तुको फिल्ममा सन्ध्या शाहको लगानी छ । क्रियसन स्टुडियो प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विकास चौधरीको संगीत, सुनिल सिंहको छायांकन, राजु किराँतीको द्वन्द्व छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  २ : ३९ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको