पुराना सुनका गहना लोप हुँदै | Khabarhub Khabarhub

पुराना सुनका गहना लोप हुँदै


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन् ।

नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले डडेल्धुरालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् ।

पुराना सुनका गरगहना बनाउने कामदारको अभाव र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको पाइन्छ । यस क्षेत्रका बुढापाका महिलाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिपलगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो ।

सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि विपन्न परिवारका महिलाले त्यस्ता गहना प्रयोग गर्न छाडेको सुनचाँदी व्यवसायीको रमेश सुनारले बताए ।

नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने भए पनि अन्य गहना भने लोप हुने अवस्था आएकाले पुरानो सांस्कृति नै लोप हुने अवस्थामा पुगेको सिद्धबाबा सुनचाँदी पसलका सञ्चालका अर्जुन सदाशङ्करको भनाइ छ ।

सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पुराना मोडलका गहना बनाउन जान्ने कामदारको समस्या डडेल्धुरा, डोटी, अछाम र बाजुरामा अभाव रहेको डडेल्धुरा सुनचाँदी व्यवसायी सन्दिप सिजापतिले जानकारी दिए ।

सुनका गहना बढी प्रयोग हुने विवाहमा समेत आधुनिक गहनाको प्रयोगले गर्दा मौलिकखाले गहना लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  २ : २७ बजे

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको