दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा बस्दै « Khabarhub

दाहाल-नेपालसहितका नेताहरू माइतीघरमा धर्नामा बस्दै


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपाको दाहाल-नेपाल समूह आज दुई अध्यक्षसहित माइतीघरमण्डलामा धर्नामा बस्दैछ ।

प्रतिनिधिसभा भंग गराइएपछि प्रधानमन्त्री ओलीविरूद्ध पुस ५ यता आन्दोलित दाहाल-नेपाल समूहले काठमाडौँमा माघ २८ मा ‘बृहत शक्ति प्रदर्शन’ को तयारी गरेको छ ।

कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसहितका शीर्ष नेता आज माइतीघरमा हुने धर्नामा सहभागी हुँदैछन् ।

चार दिनदेखि केही नेताहरू धर्नामा रहे पनि कार्यकर्ताको ध्यान केन्द्रित गर्न दुई अध्यक्ष दाहाल र नेपाल आज धर्नामा सहभागी हुने नेता बिष्णु रिजालले जानकारी दिए ।

धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरु, राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुनेछन् ।

प्रतिनिधिसभा विघटनपछि बैधानिकरूपमा मात्र एक देखिएका नेकपाका दुबै समूहले एक अर्कालाई कारबाही गर्दै अघि बढेका छन् ।

आफू बैधानिक भएको दाबी गर्दै दुबै समूहले शक्ति प्रदर्शन गर्दै आएका छन् । दाहाल-नेपाल समूहले पुस १४ र माघ ९ मा काठमाडौँमा, माघ १६ मा विराटनगरमा तथा माघ १७मा धनगढीमा जनप्रदर्शन गरेको छ ।

ओली समूहले पनि वैशाख १७ र २७ हुने आमचुनावमा सहभागी हुन अपिल गर्दै पुस २४ मा धनगढीमा, माघ १७ मा चितवनमा प्रदर्शन गरेको छ । यो समूहले माघ २१ मा काठमाडौँमा ‘वृहत प्रदर्शन’ को तयारी गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : १० बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ ७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २१,

भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनुको अग्रता कायमै

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

पोखरा महानगर अपडेट : धनराजको अग्रता कायमै

काठमाडौँ- पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई

हालसम्म ६९४ तहको परिणाम सार्वजनिक : कांग्रेसको अग्रता कायमै

काठमाडौँ- स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तर्गत हालसम्म ६९४ तहको

समस्यामा परेकालाई न्याय दिनु राज्यको कानुनी दायित्व हो : कांग्रेस नेता महर

काठमाडौं- बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कानुन अनुसार कारबाहीको