२९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता | Khabarhub Khabarhub

२९६ घरमा खरका छाना विस्थापित गरी कर्कटपाता


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ ।

नगरपालिकाले खरको छाना विस्थापित गरी कर्कटपाता लगाउनका लागि यस वर्ष २९६ घर छनोट गरेको छ ।

वडाबाट आएका सिफारिसका आधारमा वडा नं १ मा ५१ घर, २ मा २१, ३ मा १२, ४ मा पाँच घरमा टिनको जस्तापाता लगाइने भएको छ ।

त्यस्तै वडा नं ५ मा ५४, ६ मा ३७, ७ मा ४५, ८ मा ४६ घर र ९ नं वडामा २४ घरमा जस्तापाता लगाइने भएको छ । नगरपालिकामा वडास्तरबाट खरको छाना विस्थापितका लागि ४०४ घर सिफारिस भएर आए पनि यस वर्ष २९६ घरलाई खरमुक्त गरिनेछ ।

‘नगरभरि ४०४ घर खरको छाना भएका तथ्याङ्क पाएका छौँ, हामीले वडास्तरमा अनुगमन गर्न भनेका थियौँ’, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘तीमध्येबाट एकल महिला, अपाङ्गता भएका तथा अतिविपन्न आयआर्जन नभएका परिवारलाई यस वर्ष प्राथमिकता दिएका छौँ । बढी समस्यामा रहेका परिवारका घर यस वर्ष खरमुक्त हुनेछन् ।’

बाँकी घर आउँदो वर्ष खरमुक्त हुने उनले बताए । एक घरको छानामा जस्तापाता लगाउन नगरपालिकाले रु ४८ हजारसम्म अनुदान दिनेछ ।

नगरपालिकाले जस्तापाता लगाउनका लागि शुरुमा ७० प्रतिशत रकम दिइने र टिन लगाइसकेपछि ३० प्रतिशत भुक्तानी दिने मापदण्ड तयार गरेको छ ।

सङ्घीय सरकारको सहयोगमा नगरपालिकाले खरको छाना भएकाहरुका घरमा टिनको छाना लगाउने कार्यक्रम अघि सारेको हो । नगरपालिकाले गत वर्ष पनि जनता आवास कार्यक्रम अन्तर्गत १५ घर निर्माण गरिदिएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०