‘एक्स ९’बाट कमब्याक गर्दै ‘जाली रुमाल’का सुधांशु | Khabarhub Khabarhub

‘एक्स ९’बाट कमब्याक गर्दै ‘जाली रुमाल’का सुधांशु


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एकसमय नेपाली फिल्मका व्यस्त अभिनेता सुधांशु जोशी लामो समयपछि फिल्ममा ‘कमब्याक’ गर्दैछन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’मार्फत दर्शकमाझ फर्कन लागेका हुन् ।

आफूले निर्माण गरेको फिल्म ‘नेपाल’ व्यावसायिक रुपमा असफल भएपछि उनी अमेरिका उडेका थिए । सुधांशुले ‘जाली रुमाल’, ‘विशालु’, ‘रणभूमि’ र ‘हत्या’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

निर्देशक मुकुन्दका अनुसार आफ्नो फिल्ममा सुधांशुको अभिनय रहने करिब पक्कापक्की भइसकेको छ । यो फिल्ममा यसअघि अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल अनुबन्धित भइसकेका छन् । फिल्ममा बलिउड अभिनेता सुनील सेठ्ठीको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

फेब्रुअरीबाट छायांकनमा जाने फिल्म नेपालसँगै युरोप र अमेरिकामा खिचिनेछ । निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको फिल्ममा वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको लगानी रहनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ३३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द