लोकप्रियता कमाउँदै गएको डिजिटल क्वाइन 'एनएफटी' र यसले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव | Khabarhub Khabarhub

लोकप्रियता कमाउँदै गएको डिजिटल क्वाइन ‘एनएफटी’ र यसले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव



यही दशकमा वित्तीय संसारमा पाइला राख्ने मुद्रा र डिजिटल सम्पत्तिलाई लिएर थुप्रै मोडहरू देखिएका छन् । आधुनिक विश्वमा सूचना प्रविधिको क्षेत्रमा डिजिटल मुद्राले विश्वकै ध्यान तान्न सफल भएको छ । प्रविधिको विकाससँगै प्रविधिमा आधारित डिजिटल प्लेटफर्मले ल्याएको परिवर्तनले कालान्तरमा भौतिक मुद्राको आवश्यकता नै नपर्ने हो कि भन्ने आँकलन पनि गर्न थालिएको छ ।

केही समययता बिटक्वाइनजस्ता विकेन्द्रीकृत डिजिटल मुद्राबाट लगानीकर्ताले व्यवहारिक रुपमा लाभ उठाउँदै आएका छन् । यसले समग्र डिजिटल सम्पत्ति उद्योगलाई नै परिवर्तन गरेको छ ।

यसैबीच पछिल्लो समय एनएफटी (नन फन्जिबल टोकन) ले पनि खुबै लोकप्रियता हासिल गर्‍यो । बजारमा कारोबार हुने एनएफटीको मात्रा अप्रिल २०२१ देखि जुन २०२१ सम्म ४३ प्रतिशतले बढेको छ ।

यो असाधारण वृद्धिको श्रेय मुख्यतया तिनीहरूको विशिष्टतालाई जान्छ । केही समययता एनएफटीको लोकप्रियता द्रुत गतिमा बढिरहेको छ । रोयटर्सका अनुसार सन् २०२१ को पहिलो ६ महिनामा एनएफटी बिक्रीको अनुपात साढे २ अर्ब डलर पुगेको छ ।

एनएफटी भनेको नन फङ्जिबल टोकन हो । फङ्गिबिलिटी भन्नाले समान प्रकारको अर्को वस्तु वा सम्पत्तिलाई सजिलैसँग साट्न सकिने क्षमतालाई जनाउँछ ।  उदाहरणका लागि  पैसा फङ्जिबल छ । किनभने रु १० को नोटलाई सजिलै ५-५ को नोटसँग भाग लगाएर आदानप्रदान गर्न सकिन्छ ।

कार र घरहरू नन-फन्जिबल छन् । यस्ता वस्तुहरू आदानप्रदान गर्न सम्भव हुँदैन । यदि एक व्यक्ति अर्को व्यक्तिबाट कार उधारो लिन्छ भने पहिलेको कार मूल कारको जस्तै मोडेल भए पनि उही कार फिर्ता गर्न सकिँदैन ।

नन-फन्जिबल टोकनहरू  एक प्रकारका व्यापारिक कार्डहरू हुन् । तिनीहरू वास्तविक-विश्व वस्तुहरू प्रतिनिधित्व गर्ने डिजिटल सम्पत्तिहरू पनि हुन सक्छन् । जस्तै कलाको टुक्रा, संगीत/अडियो,  इन-गेम वस्तुहरू, भिडियो र अन्य डिजिटल फाइलहरू (जसमा मेम्स र क्रिप्टो कला, ब्लकचेन प्रविधिसँग सम्बन्धित कलाको वर्ग जोडिन्छ) छन् ।

यस्ता सम्पत्तिहरू अनलाइनमार्फत किनमेल गरिन्छन् । यसरी क्रिप्टोकरन्सीहरूसँग  र तिनीहरू धेरै क्रिप्टोजस्तै समान अन्तर्निहित सफ्टवेयरसँग इन्कोड हुने सम्भावना धेरै हुन्छ । त्यस्ता एनएफटीहरू मूलतया डिजिटल लेजरमा भण्डारण गरिएको डेटाका एकाइहरू हुन्, जुन ब्लकचेन हो । जसले यसलाई एक अद्वितीय डिजिटल सम्पत्तिको रूपमा प्रमाणित गर्दछ ।

तिनीहरू ब्लकचेन नेटवर्कमा बस्ने हुनाले एनएफटीलाई सजिलै ट्र्याक गर्न सकिन्छ । एनएफटीले विगतको इतिहासबारे जानकारी दिनुका साथै र विक्रेतासँग तिनीहरूको प्रामाणिकता प्रमाणीकरण गर्न अनुमति दिन्छ । एक अर्थमा  एनएफटी  स्मार्ट अनुबन्ध हो । यसमा प्रत्येक प्रामाणिकताको प्रमाणपत्र एकसाथ आउँछ ।

चाखलाग्दो कुरा के छ भने एनएफटीले सन् २०१४ देखि मिडियाका हेडलाइनहरुमा मुख्य स्थान पायो । पछिल्लो समय एनएफटीको लोकप्रियता बढ्दै गएको छ । यसमा पनि  डिजिटल कलाकृतिका क्षेत्रमा यसको थप महत्त्व बढ्दै गएको छ ।

नोभेम्बर २०१७  देखि एनएफटीको शेयर बजारमा २० अर्बभन्दा बढीको लेनदेन भयो । यीमध्ये धेरै गैर–फन्जिबल टोकनहरू प्रसिद्ध लिलामी घरहरू क्रिस्टी र सोथेबीहरूद्वारा बेचिँदै छन् ।  सबैलाई अचम्म लाग्न सक्छ, माइक्रो बल्गिङ साइट टुइटरका प्रमुख कार्यकारी अधिकृत जाक डोर्सेले आफ्नो  टुइट करीब रु ३० करोडमा एनएफटीमार्फत बिक्री गरे र उक्त ट्वीट आफ्नो स्वामित्वमा खरिद गर्ने व्यक्तिबाट पैसा लिएर उनले डिजिटल मुद्रामा रुपान्तरण गरे ।

एनएफटी भर्सेस क्रिप्टोकरेन्सी

एनएफटी पनि बिटकोइन या इथरियम क्रिप्टोकरेन्सी जस्तै प्रोग्रामिङको प्रयोग गरेर सिर्जना गरिएको डिजिटल टोकन हो । भौतिक पैसा र क्रिप्टोकरेन्सीलाई एक अर्काको व्यापारिक प्रयोजनका लागि पनि साट्न सकिन्छ । यी दुवै मूल्यमा पनि बराबर छन् । जसरी एक डलर अर्को डलरको बराबर हुन्छ, त्यसरी नै एक बिटकोइन पनि अर्को बिटकोइनसँग बराबर हुन्छ ।

यस हिसाबले बिटक्वाइन र भौतिक मुद्रा समान पनि छन् ।

एनएफटीमा चाहिँ हस्ताक्षरको प्रयोग गरिने भएकाले यसलाई अन्य एकाइहरूबाट छुट्याउन सजिलो हुन्छ तर यसलाई एकअर्काका लागि वा बराबरीका हिसाबमा आदानप्रदान गर्न सकिँदैन । उदाहरणका लागि कुनै गेमका क्लिपहरू फरक हुन्छन् भलै तिनीहरू दुवै एउटै गेमका किन नहोऊन् ।

एनएफटीले कसरी काम गर्छ

निम्न डिजिटल वस्तुहरू (मूर्त र अमूर्त) प्रतिनिधित्व गर्न एनएफटी प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि कला कार्यहरू (तस्वीर, चित्र, GIF, विशेष गरी खेलकुदका भिडियो हाइलाइट, सङ्कलन, भर्चुअल अवतार, भिडियो गेम स्किनहरू, डिजाइनर स्नीकरहरू, संगीत र सेलिब्रेटी ट्वीटहरू पनि एनएफटीमार्फत अर्कोलाई स्वामित्व सुम्पिने गरी विक्री गर्न सकिन्छ ।

विशेष स्वामित्व अधिकार यसको अर्को मुख्य विशेषता हो, कुनै पनि एनएफटी एकपटकमा एक मात्र मालिक बन्न सक्छ । उनीहरूको अद्वितीय डेटाहरू ब्लकचेनमा भण्डारण गरिएका हुन्छन्  र कसैले सजिलै प्रमाणित गर्न र उनीहरूको स्वामित्व हस्तान्तरण गर्न सक्छन् । मालिक वा सृष्टिकर्ताले तिनीहरूभित्र विशेष जानकारी भण्डारण गर्न पनि सक्छन् । उदाहरणका लागि, कलाकारले आफ्नो कलाकृतिमा हस्ताक्षर गरेर एनएफटीको मेटाडेटामा आफ्नो हस्ताक्षर समावेश गर्न सक्छ ।

यसको अर्थ एनएफटीहरू कलेक्टरका वस्तुहरू हुन्, र तिनीहरू डिजिटल ढाँचामा हुन्छन् । खरिदकर्ताले भित्तामा झुण्ड्याउन सकिने भौतिक चित्रको साटो भर्चुअल फाइल पाउँछन् ।

एनएफटी कहाँ प्रयोग गरिन्छ

ब्लकचेन टेक्नोलोजी प्रयोग गरेर एनएफटी सिर्जना र भण्डारणले कलाकार तथा सामग्री सिर्जनाकर्ताहरूलाई आफूले गरेको काम या सिर्जनालाई अनौठो तरिकाले  मुद्रीकरण गर्न मार्ग प्रशस्त गरेको छ । उदाहरणका लागि कलाकारले अब आफ्नो कला विक्री गर्न कुनै ग्यालरी वा लिलामीमा निर्भर रहनु पर्दैन किनभने उसले बिचौलियाको साटो एनएफटी प्रयोग गरी सीधै खरिदकर्तालाई विक्री गर्ने निर्णय गर्न सक्छ ।

यसले कलाकारले बढी मुनाफा कमाउन सक्छन् । यसबाहेक एनएफटीमा रोयल्टी पनि प्रोगामिङ गर्न सकिन्छ । ताकि, सिर्जनाकर्ताहरूले आफ्नो कामको स्वामित्व परिवर्तन गर्दा विक्रीको प्रतिशत प्राप्त गर्न सक्छन् ।

कुनै सामाजिक कामका लागि रकम संकलन गर्न एनएफटी प्रयोग गर्ने पनि बढ्दै गएका छन् ।

परोपकारी कारणका लागि पैसा उठाउन एनएफटीको प्रयोग बढ्दै गएको छ । केही समयअघि मात्र फास्टफूड कम्पनी टाको  बेलले आफ्नो डिजिटल कला एनएफडीमा बेच्यो ।

यस्तै लिन्ड्से लोहन र स्नूप डगजस्ता सेलिब्रेटीले एनएफटीमार्फत आफ्ना अद्वित्तीय सम्झना, कलाकृति र क्षणहरू विक्री गर्दैछन् । खेलकुदका भिडियोहरू पनि एनएफटीमार्फत विक्री भइरहेका छन् । यसै वर्षको मार्चसम्म एनबीए टप शटले ५ सय मिलियन डलरभन्दा बढीमा विक्री गरिएको विवरण आइरहेका छन् ।

हालै लेब्रोन जेम्सको डङ्कको एउटा भिडियो क्लिप मात्र २ लाख ८ हजार डलरमा विक्री गरिएको छ ।

एनएफटी कसरी किन्ने

यदि तपाईँ एनएफटीको स्वामित्व लिन चाहनुहुन्छ भने तपाईँले पहिले डिजिटल वालेट प्राप्त गर्न आवश्यक छ । जसले तपाईँलाई एनएफटी र क्रिप्टोकरेन्सी भण्डारण गर्ने सुविधा दिन्छ । एनएफटी सिर्जनाकर्ता/प्रदायकले कुन क्रिप्टोकरेन्सीहरू स्वीकार गरिरहेछन् भन्ने कुरामा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । क्वाइनबेस, क्राकेन, पेपल, रोबिनहुड, इटोरोजस्ता प्लेटफर्महरूमा क्रेडिट कार्ड प्रयोग गरेर क्रिप्टोकरन्सीहरू खरिद गर्न सकिन्छ । त्यसपछि यसलाई एक्सचेन्ज गरेर आफ्नो डिजिटल वालेटमा सार्न सकिन्छ । यस्तो सुविधा प्रयोग गरेवापत् प्रयोगकर्ताले निश्चित रकम पनि तिर्नुपर्ने हुन्छ ।

एकपटक कसैले आफ्नो क्रिप्टोकरेन्सी क्रमबद्ध गरिसकेपछि, निफ्टी गेटवे, OpenSea.io (यसको दुर्लभ डिजिटल सङ्कलनका लागि परिचित), रेरिबल (कलाकृतिहरूका लागि चिनिन्छ) र फाउन्डेशन (जहाँ कलाकारहरूलाई आफ्नो कला पोस्ट गर्न, सिर्जनाकर्ताहरूबाट निमन्त्रणा पाउन) मार्फत खरिद बिक्रि गर्न सकिन्छ ।

विशेष गरी एनएफटी बजारमा उच्च मूल्यलाई ध्यानमा राख्दै एनएफटी खरिद गर्नुअघि राम्रोसँग अनुसन्धान गर्न सल्लाह दिइन्छ । नेपालमा क्रिप्टोकरन्सीहरू खरिद विक्री गर्न गैरकानूनी भएकाले एनएफटी निकै टाढाको कुरा हो । यद्यपि यसका बारेमा जानकारी राख्दा संसारमा के भइरहेको छ भन्नेबारे पक्कै थाहा हुन्छ ।

एनएफटीको भविष्य अनिश्चित छ र तिनीहरूको कार्यसम्पादन नाप्ने धेरै इतिहास छैन । त्यसैले अहिलेको अवस्थामा यसलाई जोखिमपूर्ण मानिन्छ । तर, विश्व अर्थतन्त्रमा यसले पक्कै पनि प्रभाव पार्नेछ ।

नेपालमा नेपाल राष्ट्र बैंकले  बिटकोइन, ग्रेभिटी कोइनजस्ता क्रिप्टो मुद्रामा प्रतिबन्ध लगाएपछि बिटक्वाइन माइनर्सहरुलाई यसमा संलग्न भएकै कारण पक्राउ गरिएको छ भने  लोकप्रिय अनलाइन भुक्तानी कम्पनी ई-सेवा समेत बिटक्वाइन कारोबारको सन्दर्भमा अनुसन्धानमा तानिएको थियो ।

 

रेग्मी अमेरिकाको सान जोसे स्टेट युनिभर्सिटीमा स्नातकोत्तरमा अध्ययनरत छन् । उनी विश्वविद्यालयकै अर्थशास्त्र प्रयोगशालामा विद्यार्थी अनुसन्धानकर्ता पनि हुन् ।

 

 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ५७ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन