विप्लवसगँ निरन्तर छलफल भइरहेको छ : गृहमन्त्री खाँण | Khabarhub Khabarhub

विप्लवसगँ निरन्तर छलफल भइरहेको छ : गृहमन्त्री खाँण


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताएका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री र विप्लवको निरन्तर वार्ता भइरहेको, नयाँ सरकार गठनपछि विप्लव समूहले सत्तारुढ दल र प्रतिपक्षीसँग पनि संवाद गरेको जानकारी दिए ।

विप्लवको नेतृत्वमा रहेको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्ताका लागि तोकिएका छन् । गृहमन्त्री खाँणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमै पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताए ।

चन्द समूहका नेतबा तथा कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुङ्ग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागतरूपमा गर्न गृहकार्य भइरहेको पनि सो अवसरमा जानकारी दिइयो ।

महान्यायाधिवक्ता, गृहमन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कति बन्दी छन्, उनीहरूको कानुनी अवस्था कस्तो छ भन्ने अध्ययन भइरहेको गृहमन्त्री खाँणले बताए । उनले भने, “वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गरौँ भन्ने भएको छ ।”

उनले एउटै व्यक्तिलाई छ–सातवटा समेत मुद्दा लागेको भन्दै बन्दीभन्दा धेरै मुद्दा भएकाले त्यसलाई कसरी सम्बोधन गर्ने भनेर छलफलमा रहेको बताए । सरकारको निरन्तरता भएकाले पूर्ववर्ती सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै उनले विप्लव समूहलाई लगाइएको मुद्दा फिर्ता गर्ने र बन्दीलाई रिहाइ गर्ने मामिलामा सरकार क्रियाशील रहेको स्पष्ट पारे।

गृहमन्त्री खाँणले भने, “सरकार मुलुकमा शान्ति चाहन्छ, त्यसका लागि सबै राजनीति दल संवाद र वार्ताद्वारा राष्ट्रिय राजनीतिको मूलधारमा समावेश हुनुहोस्, संवैधानिक प्रक्रियाबाटै अघि बढौँ भन्ने हाम्रो प्रयत्न छ ।”

गृहमन्त्री खाँणले गृहमन्त्रालयबाट प्रवाह हुने सूचना आधिकारिकरूपमा समयमै सम्प्रेषण हुने बताएका छन् ।

गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उनले आधिकारिक व्यक्तिबाटै समयमै सूचना सम्प्रेषणको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “गृहमन्त्रालय मातहतका प्रशासन र सुरक्षा निकायमा राम्रो होस् भन्नका लागि सरुवामा केही ढिलाइ भएको छ, मापदण्ड र कार्यक्षमताका आधारमा कर्मचारीलाई जिम्मेवारी दिइने छ ।”

कार्यबोझ र चुनौती थपिए पनि कतिपय स्थान र निकायमा विगतमा भन्दा तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिने कार्यले कार्यसम्पादनमा तालमेल नभएको जनाउँदै उनले भने, “संसारभर सुरक्षाका नयाँ–नयाँ चुनौती थपिएको छ ।”

गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र शान्ति सुरक्षा कायम गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिइएको बताए । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रालयबाट सम्प्रेषण हुने सूचना सहज र सरलरूपमा प्रवाह गर्न आफूहरु सदैव प्रतिबद्ध रहेको जनाए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ३३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका