विश्वकपमा आज दुई खेल, दक्षिण अफ्रिका र श्रीलंका तथा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै | Khabarhub Khabarhub

विश्वकपमा आज दुई खेल, दक्षिण अफ्रिका र श्रीलंका तथा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

त्यस्तै श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।

शनिबारको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियाको सामना गर्दै छ । दुबईमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको थियो ।

यस्तै इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजमाथी छ विकेट र दोस्रो खेलमा बंगलादेशमाथी आठ विकेटको जित दर्ता गराएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : ५४ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक