जेलबाट रिहा भए आर्यन खान | Khabarhub Khabarhub

जेलबाट रिहा भए आर्यन खान


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मुम्बई क्रुज ड्रस मुद्धामा करिब तीन हप्ता जेलमा बसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खान शनिबार रिहा भएका छन् । बिहीबार अदालतबाट जमानत पाएका आर्यनलाई शनिबार मुम्बईको आर्थर रोड जेलबाट रिहा गरिएको हो ।

आर्यनका लागि शाहरुखको मिल्ने साथी जुही चावलाले जमानत रकम १ लाख रुपैंयाँ प्रशासनलाई दिएकी थिइन् । आर्यनलाई लिनका लागि शाहरुख जेल पुगेका थिए ।

जेलबाट बाहिर निस्कदा आर्यन निकै खुशी देखिएका थिए । उनले जेल प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए । आर्यनलाई जमानत दिनका लागि हाई कोर्टले कैयौं शर्त राखेको थियो ।

अब आर्यनले यो मुद्धा नसुल्झिएसम्म कोही अन्य आरोपीसँग सम्पर्क गर्न पाउनेछैनन् । उनी प्रमाणमाथि छेडछाड गर्न पाउने छैनन् । आर्यनले आफ्नो पासपोर्ट नजिकको पुलिस स्टेसनमा बुझाउनुपर्नेछ । उनले मिडियामाझ पनि आफ्नो कुरा राख्न पाउनेछैनन् । यतिमात्र होइन अदालतको अनुमति बिना उनी देशबाहिर पनि जान पाउदैनन् ।

गत अक्टोबर २ मा आर्यनसहितको टोलीलाई एनसीबीले पक्राउ गरेको थियो । त्यसपछि अक्टोबरमा ७ मा उनलाई आर्थर रोड जेलमा सारिएको थियो । उनीसँगै मुनमुन धमेचा र अरबाज सेठ मर्चेन्टलाई पनि पक्राउ गरिएको थियो । सबैजना अक्टोबर ७ देखि जेलमा बन्द थिए ।

कैयौंपटक उनीहरुको जमानत याचिकामा सुनुवाई भए पनि जमानतको आदेश दिइएको थिएन । तर अदालतले बिहीबार उनीहरुलाई जमानतको आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ११ : ४५ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।