२७ दिनपछि रिहा हुँदै साहरुखका छोरा आर्यन | Khabarhub Khabarhub

२७ दिनपछि रिहा हुँदै साहरुखका छोरा आर्यन


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

खानले बिहीबार जमानत पाएका थिए। बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ ।

आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान नै ११ बजेसम्म रिहा हुने ठानिएको छ ।

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : २२ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा