पूरानै लयमा फर्किदै कतार,  केही स्थानमा मास्क लगाउन नपर्ने | Khabarhub Khabarhub

पूरानै लयमा फर्किदै कतार,  केही स्थानमा मास्क लगाउन नपर्ने



दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य कतारमा कोरोना महामारी दिन प्रतिदिन कम हुँदै गएको छ । योसँगै संक्रमण नियन्त्रणका लागि गरिएको प्रतिवन्ध खुकुलो पारिने भएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रतिबन्ध क्रमिक रुपमा खुकुलो पार्दै लाने निर्णय गरेको छ।

प्रधानमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल-थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले  अक्टोबर ३ तारिखदेखि हुने सार्वजनिक कार्यक्रम, मार्केट, समारोह, मस्जिद, विद्यालय, अस्पताललगायत सार्वजनिक स्थानहरु बाहेक अन्य स्थानमा मास्क अनिवार्य नपर्ने निर्णय गरेको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारीहरु पूर्ण क्षमतामा आफ्नो कार्यस्थलमा फर्कन पाउने पनि निर्णय गरिएको छ । यस्तै खोप नलगाएका कर्मचारी र कामदारहरुको र्‍यापिड परीक्षण गरिने भएको छ ।

५० वर्षभन्दा माथिकालाई बुस्टर डोज

कतारले ५० बर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज खोप लगाउने भएको छ । आठ महिनाभन्दा पहिले खोप (भ्याक्सिन)को दोस्रो डोज लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका सबै व्यक्तिहरुलाई बुस्टर डोज खोप लगाउन थालिने कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

यहाँको प्राथमिक स्वास्थ्य सेवा कर्पोरेशनले योग्य व्यक्तिहरूलाई सीधै अपोइन्टमेन्ट सेट गर्न सम्पर्क गरिरहेको र स्वाथ्य मन्त्रालयले पनि उनीहरूलाई कोभिड–१९ विरूद्ध सुरक्षित रहन सुनिश्चित गर्न ढिलाइ नगरी बुस्टर डोज खोप लिन आग्रह गरेको जनाएको छ ।

कतारले यस प्रारम्भिक चरणमा ६५ वर्षभन्दा माथिका व्यक्तिहरू, दीर्घकालीन अवस्था भएका व्यक्तिहरु र गम्भीर संक्रमणको जोखिम रहेका व्यक्तिहरुलाई बुस्टर डोज खोप लगाइरहेको छ ।

अहिलेसम्म कतारमा ४७ लाख ८ हजार ८६७  डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि नि:शुल्क रुपमा खोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०