टोकियो ओलम्पिक : ओलम्पिकमा अमेरिकाको खराब दिन | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : ओलम्पिकमा अमेरिकाको खराब दिन


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा जारी टोकियो ओलम्पिकमा त्रिपक्षीय प्रतिस्पर्धा पार गर्दै चीनले अग्रता लिएको छ ।

चीनले शुक्रबार चार स्वर्ण पदक हात पारेको छ । आफ्नै दुई जोडी फाइनल प्रवेश गरेको टेबल टेनिस र ब्याडमिन्टनमा तथा पौडी र महिला ट्रायपलिन जिम्न्यास्टिकमा स्वर्ण पदक जितेको हो ।

शुक्रबारको जितसँगै चीन १९ स्वर्णसहित शीर्ष स्थानमा छ । जापान १७ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ । अमेरिका १४ स्वर्णसहित तेस्रो स्थानमा छन् । अब पहिलो हुने सम्भावना कम भएको छ ।

महिला ट्रायपलिन जिम्न्यास्टिकमा चीनले स्वर्ण र रजत जितेको हो । झु झियोङले स्वर्ण पदक जिते । स्पर्धामा चीनकै लीउ ली जिङले रजत पदक जितिन् । बेलायतकी ब्रोनी पेजले कास्य पदक जितिन् ।

ब्याडमिन्टनको मिश्रित युगलमा चिनियाँ जोडी वाङ यी लियन र डोङ हुवाङको जोडीले स्वर्ण पदक जितेको हो । जापानका युता वातानाबे र हिगासिनाको जोडीले कास्य पदक हात पार्‍यो ।

शुक्रबार पौडीको स्पर्धामा अमेरिकी टोली स्वर्ण पदकविहीन भएको छ । शुक्रबार रोइङका चार स्वर्ण पदकको पनि टुङ्गो लागेको छ । महिला सिङ्गल स्कुल्टमा न्यु जिल्यान्डकी अमा ट्वीगले स्वर्ण, रुसी ओलम्पिक कमिटीका हन्ना प्रकातसेनले रजत र अस्ट्रियाका नोग्लिन माग्डेलनाले कास्य पदक जिते ।

परुषतर्फ ग्रीसका तुसकाने साफेसले स्वर्ण, जेटी बोरोकले रजत र क्रोएसियाका डामिर मार्टिनले कास्य पदक जिते । महिला एटमा क्यानडाले स्वर्ण न्यु जिल्यान्डले रजत र चीनले कास्य पदक पाए । पुरुष एटमा न्यु जिल्यान्डले स्वर्ण, जर्मनीले रजत र बेलायतले कास्य जिते ।
पौडीको दुई मिटर पुरुष ब्याकस्ट्रोकमा रुसी ओलम्पिक कमिटीका यागेनी राइलोभले स्वर्ण, अमेरिकाका रैन मुर्फीले रजत र बेलायतका लुक ब्रिन ब्यान्कले कास्य पदक जिते ।

पुरुष दुई सय मिटर मेड्लीमा चीनका वाङ सुनले स्वर्ण, बेलायतका डुनाकन स्कटले रजत र स्विट्जरल्यान्डका जेम्स डुम्लान्टिसले कास्य पदक जिते ।

महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा नयाँ विश्व कीर्तिमानसहित दक्षिण अफ्रिकाका टाटियनान सोनमाकरले स्वर्ण, अमेरिकी लिली किङले रजत र अमेरिकाकै एनी लाजरले कास्य पदक पाए ।

महिला सय मिटर फ्री स्टाइलमा अस्ट्रेलियाकी अम्मा म्याककोनले स्वर्ण, हङकङकी सिबोना आउजीले रजत र अस्ट्रेलियाकी केट क्याम्बलले कास्य पदक पाए ।

आर्चरीको महिला एकलको दक्षिण कोरियाकी आन सानले स्वर्ण तथा रुसी ओलम्पिक कमिटीकी एलेना ओपिसोभाले रजत पदक जिते । इटालीकी लुसीका बाउरीले कास्य पदक जितिन् ।

पुरुष कायाकमा चेक गणतन्त्रका जिरी सेर्भाकेकले स्वर्ण, स्लोभाकियाका जाकुब ग्रेगरले रजत र जर्मनीका हानेस आइग्नरले कास्य पदक जिते ।

साइक्लिङको बीएम एक्स रेसिङको महिलामा बेलायतकी बेथानी श्रीभाइभरले स्वर्ण, कोलम्बियाकी मारिना पोजानले रजत र नेदरल्यान्ड्सकी मेरलस्मल्डर्सले कास्य पदक जिते ।

फेन्सिङको पुरुष टिम एपेमा जापानले स्वर्ण, रुसी ओलम्पिक कमिटीले रजत र दक्षिण कोरियाले कास्य पदक जिते ।

जुडोमा महिलामा ७८ किलोमाथिको समूहमा जापानकी आइकरा सोनले स्वर्ण तथा क्युबाकी ओरिटिज आइडियाजले रजत पदक पाए । फ्रान्सकी डिको रेमाने र अजरबैजानकी आर्या किन्डरजेस्काले कास्य पदक जिते ।

पुरुष सय किलोभन्दा माथि चेक गणतन्त्रका लकास कापलेकाले स्वर्ण, जर्जियाका गुराम टुसेलेभले रजत र रुसी ओलम्पिक कमिटीका टामर्लिन बासेभ र फ्रान्सका टेडी रिनरले कास्य पदक जिते ।

सुटिङमा २५ मिटर पेस्तोलमा रुस ओलम्पिक कमिटीकी भिटालिना भाट्सालिनाले स्वर्ण, दक्षिण कोरियाकी किम मिनजुमले रजत र चीनकी झाओ झिउरिनले कास्य पदक जिते ।

टेबल टेनिसमा आफ्नै देशका फान जेङ डोङलाई हराउँदै चीनका मा लङले स्वर्ण पदक जिते । सो स्पर्धामा जर्मनीका डिमिट्री उर्टाचोभले कास्य पदक जिते ।

टेनिसको पुरुष युगलमा आफ्नै देशका सिलिक र डोडिकलाई हराउँदै क्रोएसियाका मेक्टिक र पाभिकले स्वर्ण पदक जिते । सो स्पर्धामा रुसी ओलम्पिक कमिटीका कारेन काचाकोनोभले कास्य जिते ।

एथलेटिक्सको पुरुष १० हजार मिटरमा इथोपियाका सेलेमन बर्गियाले स्वर्ण पदक जिते । युगान्डाका जुसा चेपटेगेले रजत र युगान्डाकै ज्याकोब किमिल्कोले कास्य पदक जिते ।

अमेरिकाको खराब दिन एथलेटिक्समा पनि देखियो । पहिलो पटक ओलम्पिकमा समावेश मिक्स रिलेमा अमेरिका बलियो दाबेदार भए पनि बटन एक्सचेन्जमा गलत भएकाले अमेरिका डिस्क्वालिफाइड भयो ।

महिला फुटबलको क्वार्टर फाइनलमा ब्राजिललाई क्यानडाले टाई ब्रेकरमा हराएको छ । स्विडेन पनि जापानलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको छ । अस्ट्रेलिया पनि बेलायतलाई टाई ब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

फुटबलमा अमेरिकी टोलीलाई भाग्यले साथ दियो । नेदरल्यान्ड्सलाई टाई ब्रेकरमा हराउँदै अमेरिकाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

–एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ४५ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक