भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी–२० शृंखला | Khabarhub Khabarhub

भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी–२० शृंखला


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतलाई हराउँदै श्रीलंकाले टी–२० शृंखला जितेको छ ।

शिखर धवनको नेतृत्वको टीम इन्डियाबाट टी–२० शृंखलाको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शनको आशा गरिएको थियो, तर श्रीलंकाका वानिन्दु हसरंगाको उत्कृष्ट बलिङको सामु भारतीय ब्याट्सम्यान निरिह सावित भए ।

बिहीबार राति सम्पन्न शृंखलाको अन्तिम खेलमा भारत ७ विकेटले पराजित हुँदै खेल तथा शृंखला दुबै गुमाउन पुग्यो ।

टस जितेर पहिला ब्याटिङ गर्ने भारतका कप्तान शिखर धवनको निर्णय राम्रो रहेन, फलस्वरुप पहिलो ओभरको चौथो बलमै उनी स्वयं शून्य रनमा आउट भए ।

त्यसपछि विकेटको पतन प्रारम्भ भयो । भारतका ७ जना ब्याट्सम्यानले दोहोरो अंकसमेत पुरा गर्न सकेनन् । भारतले २० ओभरमा ८ विकेटमा ८१ रनमात्र बनाउन सक्यो ।

जवाफमा श्रीलंकाले संयमतापूर्वक खेल्दै इनिङको थालनी गर्‍यो । छैठौं ओभरको पाँचौं बलमा राहुल चाहरले अविष्का फर्नान्डोलाई १२ रनमा आउट गरेर भारतलाई पहिलो सफलता दिलाए । राहुल चाहरले भारतका लागि खेलमा १५ रन दिएर ३ विकेट लिए ।

तर, अर्को छेउबाट बलरहरुले विकेट लिन सकेनन् । श्रीलंकाले १४ दशमवल ३ ओभरमा ३ विकेटको क्षतीमा जितको लक्ष्य हासिल गर्यो ।

अगष्ट २००८ पछि भारतविरुद्ध सबै प्रारुपहरुमा श्रीलंकाका लागि २१ प्रयासहरुपछि यो पहिलो द्विपक्षीय शृंखलाको जित रह्यो ।

साथै, श्रीलंकाले आठ द्विपक्षीय टी–२० सीरीजमा पहिलो पटक भारतलाई हराएको हो ।

उत्कृष्ट प्रदर्शन गर्ने वानिन्दु हसरंगा सीरीज तथा खेलका सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

आफ्नो २४ औं जन्मदिन मनाइरहेका बलर हसरंगाले बिहिबारको खेलमा चार ओभर बलिङ गर्दै ९ रन दिएर ४ विकेट लिए ।

भारतका तर्फबाट बलर कुलदीप यादवले सर्वाधिक २३ रनको योगदान दिए । टी–२०टी–२० इतिहासमा भारतको यो तेस्रो सबैभन्दा खराब इनिङ रह्यो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०