नक्कली सुन बेच्ने ७ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली सुन बेच्ने ७ जना पक्राउ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नक्कली सुन बेच्ने सात जना पक्राउ परेका छन् । कास्की प्रहरीले नक्कली सुन बेच्न हिँडेका एक सुनका कालीगढसहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमध्ये एकजना पोखराको सिर्जनाचोकमा रहेको पर्वत सुनचाँदी पसलमा कालीगढको काम गर्ने भुवन विकसहित पर्वत रुघुगंगा गाउँपालिका ३ राखुकी ४२ वर्षीया विमला परियार, पोखरा २ मिरुवाका ४२ वर्षीय गणेशबहादुर दर्जी, रामेछापको सुकाजोर नगरपालिका ७ का अनिल भुजेल, सर्लाहीको बागमती नगरपालिका १ का ईन्द्रबहादुर बलमपाकी, चितवन टाँडी २ का भुवन विक र चितवन राप्ती ९ का प्रकाश परियार छन्।

उनीहरुबाट सुनजस्तै पहेँलो देखिने ६५४ ग्राम धातु बरामद गरेको प्रहरीले जनाएको छ।

नक्कली सुन बेच्न हिँडेको सूचनाको आधारमा प्रहरीले विमलाको पोखरा २ मिरुवामा रहेको कोठाबाट सो धातु बरामद गरेको हो।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ३५ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना