स्तनपानले आमालाई लाभ | Khabarhub Khabarhub

स्तनपानले आमालाई लाभ


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिशुको जन्मपछि ६ महिनासम्म केवल आमाको दुध मात्र ख्वाउन चिकित्सकहरु सल्लाह दिन्छन् । ६ महिनापछि शिशुलाई बिस्तारै थप आहार ख्वाउनु पर्ने चिकित्सकहरुको सुझाव छ । ६ महिनासम्म आमाको दुध मात्र खाने बच्चामा पखाला, पेटसम्बन्धी समस्या वा अन्य संक्रमण हुदैँन साथै रुने वा तौल कम हुने सम्भावना पनि हुदैँन ।

जन्मदेखि ६ महिनासम्म आमाको दूध मात्र ख्वाउने गरेमा आमाको जीउडाल पनि विस्तारै कम हुँदै जान्छ । साथै आमालाई पनि कुनै शारीरिक समस्या हुदैँन । अझ आमाको दुध मात्र खाने बच्चाहरु हतपत बिरामी पर्दैनन्, रुघाखोकी, पखाला, ज्वरो लाग्दा पनि सामान्य रूपमा निको हुने सम्भावना हुन्छ । साथै यस्ता बच्चाहरु भित्रैबाट बलिया भएजस्तो लाग्छ ।

स्तनपानले शिशुसँगै महिलामा स्वास्थ्यसम्बन्धी धेरै सकारात्मक परिवर्तन ल्याउने गर्दछ । स्तनपान गराउँदा महिलाको शरीरमा आक्सिटोसिन नाम गरेको हार्मोन उत्पन्न हुन्छ । यो हार्मोनले पाठेघरलाई खुम्च्याएर आफ्नै पुरानै आकारमा छिट्टै फर्किन सघाउँछ । सुत्केरीपछि धेरैजसो महिला आफ्नो बढेको तौललाई लिएर चिन्तित रहन्छन् । उक्त तौलमा कमी ल्याउनु वा पुरानै अवस्थामा फर्कन स्तनपानले सघाउँछ ।

सुत्केरीपछि केही महिलामा हुने उदासी रोगसमेत स्तनपान गराउने आमामा नगराउनेहरूको दाँजोमा धेरै कम देखिएको छ । आमाको स्वास्थ्यलाई स्तनपानले फाइदा पुर्‍याउँदै आएको समय शिशुहरूलाई त यसले झन् ज्यान नै जोगाइरहेको छ । त्यसैले चिकित्सकहरु जन्मदेखि ६ महिनासम्म आमाको दूधको अतिरिक्त पानी लगायतका कुनै पनि वस्तु शिशुलाई नदिन सल्लाह दिन्छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ३५ बजे

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा