दुर्घटनामा निधन भएका सहप्राध्यापक भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि | Khabarhub Khabarhub

दुर्घटनामा निधन भएका सहप्राध्यापक भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार दुर्घटनामा परी निधन भएका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शंकर भण्डारीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका भण्डारीको काठमाडौँका पशुपतिनाथमा अन्त्यष्टि गरिएको हो  । भण्डारीको रूपन्देहीको देवदहमा मंगलबार बेलुकी कार दुर्घटनामा परेर निधन भएको थियो ।

प्रहरीका अनुसार रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको हो ।

मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो। दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे पनि चिकित्सकहरूले उनलाई मृतक घोषणा गरेका थिए।

रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ३४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका