२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८७ जनाको पीसीआर परीक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी जम्मा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ६, उदयपुरमा ५, खोटाङमा ६,  झापामा १७९, धनकुटामा १०, पाँचथर २, भोजपुर १,  मोरङमा १४६, संखुवासभा १ र सुनसरीमा १८५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १६, पर्सामा ५,  बारामा ३, महोत्तरीमा ८, रौतहटमा ६, सप्तरीमा ४, सर्लाहीमा १ र सिरहामा २ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ४३६, काभ्रेमा ३१, चितवनमा ७९, दोलखामा ४, धादिङमा ६, नुवाकोटमा ३६, भक्तपुरमा ४७, मकवानपुरमा ३६, रसुवा २, रामेछापमा ७, ललितपुरमा ८९, सिन्धुली २ र सिन्धुपाल्चोकमा २१ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ११८, गोरखामा १, तनहुँमा ५२, नवलपरासी पूर्वमा ३२, पर्वतमा ५६, म्याग्दीमा २२, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा २५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा २४, दाङमा १६, नवलपरासीमा २, पाल्पामा २०, प्युठानमा १,  बर्दियामा १२, बाँकेमा ९, रुपन्देहीमा २६ र रोल्पामा १ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोट ३, दैलेखमा ७, रुकुम पश्चिममा १, सल्यानमा २, सुर्खेतमा १२ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा १, बैतडीमा १, दार्चुलामा १, बाजुरामा १ र डोटीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : २२ बजे

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री