अभिनेता नसीरुद्दीन अस्पताल भर्ना | Khabarhub Khabarhub

अभिनेता नसीरुद्दीन अस्पताल भर्ना


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । शरीरमा निमोनिया भएपछि ७० वर्षे अभिनेतालाई मंगलबार उपनगर खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

उनकी श्रीमति रत्ना पाठक शाहका अनुसार उनको उपचार भइरहेको छ । रत्नाले नसीरुद्दीनको स्वास्थ्य स्थिर रहेकाले केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुनेमा आफू आशावादी रहेको बताइन् ।

नसीरुद्दीनले आफ्नो फिल्म करियरको सुरुवात सन् १९७५ मा फिल्म ‘निशान्त’बाट गरेका थिए । यो फिल्ममा उनको भूमिका सानो भए पनि उनी सबैमाझ चिनिएका थिए । कैयौंपटक राष्ट्रिय पुरस्कार जितिसकेका नसीरुद्दीन पछिल्लो पटक सन् २०२० मा ‘मी रक्सम’मा देखिएका थिए ।

उनले ‘आक्रोश,’ ‘स्पर्श’, ‘मिर्च मसाला’, ‘भवानी भवई’, ‘अर्ध सत्य’, ‘मंडी’ र ‘चक्र’ लगायतका फिल्मा काम गरेका छन् । उनले सय बढी फिल्ममा आफ्नो अभिनय कला देखाइसकेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : १० बजे

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा