एक सातअघि बेपत्ता बुढाथोकी मृत भेटिए | Khabarhub Khabarhub

एक सातअघि बेपत्ता बुढाथोकी मृत भेटिए


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– एक साताअघि बेपत्ता भएका बाग्लुङ गलकोट नगरपालिका वडा नम्बर – ६ कायसका क्षेत्रबहादुर बुढाथोकी मृत भेटिएका छन् ।

असार १० गते विहान उनी घाँस काट्न भनी घरदेखि केही माथि खरबारीतर्फ निस्किएका थिए । बिहान ८ बजेतिर घरबाट निस्किएका उनी दिउँसो १२ बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्न थालेको थियो । खरबारीमा घाँस काटेकै ठाउँमा उनले लगेका घाँस बोक्ने नाम्लो, डोरी र प्लाष्टिक भेटिएका थिए ।

परिवारका सदस्यहरुका साथ स्थानीयले पनि दिनभर नै बुढाथोकीको खोजी गरे । स्थानीयले बुढाथोकी बेपत्ता भएको उजुरी गरेपछि प्रहरी टोली पनि खोजी कार्यमा जुट्यो ।

कायसदेखि माथिल्लो क्षेत्र तथा स्थानीय सामुदायिक वनको सबै ठाउँमा खोजी गरिए पनि कहिँकतै नभेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको थियो ।

असार १० गते बेपत्ता भएका बुढाथोकी ६ दिनपछि मृत अवस्थामा फेला परेका हुन् ।

गलकोट नगरपालिका ६ को घुँडेनी भन्दा केही माथि बुढाथोकीको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोट हरिचौरका प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असार ११ गते नगर प्रमुख उपप्रमुखसहित प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसन्धानका आयोग बागलुङका प्रमुख सहितको सो ठाउँमा पुगेका थिए । टोलीले खोजी कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : १७ बजे

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल