विद्यालयमा पुराना दिन फर्काउन भ्याक्सिन सहयोगी होला ? « Khabarhub
Logo
१४ श्रावण २०७८, बिहीबार

विद्यालयमा पुराना दिन फर्काउन भ्याक्सिन सहयोगी होला ?



न्यु योर्कमा सम्भवतः अस्थायी ढङ्गले नै भए पनि मानिसहरू समय बिताउन घरबाहिर निस्कन थालेका छन् । शहर फेरि पुरानै अवस्थामा फर्किएको आभास हुन थालेको छ । यसको पहिलो उदाहरण, तिमी आफ्ना मन पर्ने छिमेकीलाई एउटै टेबुलमा बसेर खानका लागि बोलाउन सक्छौ ।

तिमीले निर्धक्कले भन्न सक्छौ, ‘हामी आज बेलुका ५ बजे भेटौँ, वा ९ बजे भेटौँ ।’ दोस्रो उदाहरण, १४ स्ट्रिट तल गल्लीको साँघुरो ठाउँमा २८ डलर तिरेर सजिलै डबल प्याक जिन र टोनिक पाउन सकिन्छ । तेस्रो उदाहरण, १८ महिनाको निराशापछि धेरै कर्पोरेटहरूले उत्पादनमा वृद्धि गरेका छन्, यसले कामदारको अनुहारमा खुसी देखिन थालेको छ ।

यसै साता मोर्गान स्टेन्ली आफ्ना कामदार र अन्य आगन्तुकलाई पूर्ण इम्युन गराउँदै कामदारमाथि लगाइएको कोभिड सुरक्षा मापदण्ड हटाउने पछिल्लो कम्पनी बनेको छ । शहरको सबैभन्दा ठूलो कम्पनीको कामदारका लागि यो आवश्यकता नै बनेको छ ।

यसै साता गोल्डेन साँचाले कार्यालय प्रवेश गर्न अनिवार्य भ्याक्सिन लगाउनुपर्ने घोषणा गर्‍यो भने जिएम मोर्गान चेज एन्ड बैङ्क अफ अमेरिकाले आफ्ना कर्मचारीसँग निःशर्त भ्याक्सिन विवरण उपलब्ध गराउन भनेको छ । उसले बहुसंख्ययक कर्मचारी बिस्तारै कार्यालय आउने अपेक्षा गरेको छ ।

एउटा कुरा के नकार्न मिल्दैन भने महामारीको समयमा भ्याक्सिन नलगाउने निर्णय गर्नेलाई के गर्ने ? यसलाई पूर्णरूपमा किन कार्यान्वयन गरिएन ? यो एउटा छलफलको विषय हो र भ्याक्सिन नलगाउनु घृणाको विषय पनि हो ।

संयोगवश, भ्याक्सिन लगाउन नचाहनेको पहिचान गर्न पनि अहिले कठिन छैन । कर्पोरेट अमेरिकामा भ्याक्सिनविरोधी मानसिकता हुनेहरू अविश्वसनीय रूपले सामाजिक र सम्भवतः पेसागतरूपले पनि बहिष्कृत हुने अवस्था आएको छ ।

शहरको मध्य भागमा रहेको विश्वव्यापी ह्युमन रिसोर्सेस सम्बन्धी कम्पनीमा कार्यरत एक साथीले नयाँ कार्यालयमा पुग्ने बित्तिकै त्यहाँको वातावरणको अनुभूत गर्न पाइहाले । भ्याक्सिन लगाउने सबै जना कुनै बन्देजविना कार्यालयको जुनसुकै स्थानमा पुगेका हुन्थे ।

भ्याक्सिन नलगाउनेहरू मास्क लगाउनमात्र बाध्य थिएनन्, कफी रूममा जान, कार्यालयले दिएको अन्य सुविधा उपयोग गर्न र साथीहरूसँग रमाउन पनि प्रतिबन्धित थिए । ती व्यक्ति बस्ने सिटको सिलिङमाथि कुँदेर एरो सहित ‘पागल’ लेखिएको सङ्केत गरिएको छ ।

पूर्ण नागरिक स्वतन्त्रता भएको यहाँ भ्याक्सिन लगाउन अभिप्रेरित गर्नको साटो अन्य कुनै बाटो अवलम्बन गर्न मिल्दैन । के प्रस्ट छ भने यहाँका बैंकहरूले सार्वजनिक स्वास्थ्यलाई बेवास्ता गर्दैनन् । यदि भ्याक्सिन लगाउनेको संख्या बढ्दै गएर हर्ड इम्युनिटी उन्मुख भएमा हामी सबै पुरानै सहज अवस्थामा हुनेछौँ ।

अर्को कुरा प्रस्ट छ । महामारीको समयमा स्थापित कामदारमैत्री भएर काम गर्ने आदतहरू बिस्तारै हराउने छन् । मानिसहरू आफ्नो मिहिनेतले कमाएको पैसा बैंकमा बचत गर्न मात्र चाहँदैनन्, यसलाई स्वच्छन्द रूपमा उपयोग गर्न पनि चाहन्छन् ।

यसैबीच, भ्याक्सिन लगाएका र नलगाएका व्यक्तिका कारण ससाना विषयमा पनि कामदार बीच सम्बन्ध बिग्रनेछ र तनाव पनि बढ्नेछ ।

महामारीपछिको वसन्त ऋतुको यो समयमा बेबी सिटर किन्ने होडबाजीको ज्वरो नै देखिएको छ ।

भ्याक्सिनको स्टाटासको आधारमा सम्मान गर्ने यो घोषणाले एकै स्थानमा खेल्ने र बच्चाको हेरचाह गर्नेका माझमा भने समस्या उत्पन्न गर्ने अनुमान पनि गर्न सकिन्छ ।

मेरो जीवनको एउटा अनुभव छ । एक परिवारको बच्चा विद्यालयपछि जाने केयर होममा हेरचाहकर्ताले भ्याक्सिन लगाएकी थिइनन् । तथापि मैले ती महिलालाई कहिले पनि भेटेकी थिइनँ । छिमेकीबाट भने उनको बारेमा म पनि परिचित नै थिएँ । म यसको कारण पत्ता लगाउन उत्सुक थिएँ । कारण आश्चर्य लाग्दो थियो– भ्याक्सिन लगाउने पनि बिरामी हुन्छन् ।

उनले यही बुझेकी थिइन् ।

अनुमान यो पनि हो कि युवाहरूमा गरिएको भ्याक्सिन परीक्षणमा देखिएको उथलपुथलका बारे धेरै अभिभावक चिन्तित भएको प्रशस्त आधारहरू देखिएका छन् । बच्चालाई भ्याक्सिन अनिवार्य गर्ने निर्णय विनाशकारी त हुने होइन भन्ने कुरामा पनि अभिभावकको चिन्ता छ ।

एउटा कुरा के नकार्न मिल्दैन भने महामारीको समयमा भ्याक्सिन नलगाउने निर्णय गर्नेलाई के गर्ने ? यसलाई पूर्णरूपमा किन कार्यान्वयन गरिएन ? यो एउटा छलफलको विषय हो र भ्याक्सिन नलगाउनु घृणाको विषय पनि हो ।

त्यहाँ एउटी आमा पनि छिन् जो भिजेको रुमाल पार्कमा ल्याएर निचोरेर सुकाएपछि मात्र बच्चालाई प्रयोग गर्न दिन्छिन् । त्यस्तै एउटा परिवार पनि छ जसका सदस्यहरू रोगका कीटाणुको डरको कारणले कहिल्यै पनि ट्याक्सी चढ्दैनन् यद्यपि उनीहरूले भ्याक्सिनको मात्रा पूरा गरिसकेका छन् । यही परिवार आउने अगस्टमा युरोप ज्यादै छ ।

अर्की एउटी आमा छिन्, मैले सुने अनुसार, उनी मैदानको बीच भागमा रहँदा पनि दुई वटा मास्क लगाउँछिन् । अरूले जस्तो रमाइलो गर्ने र घुलमिल गर्ने उनको कुनै चाहना छैन ।

न्यु योर्कवासीको लागि सबैभन्दा ठूलो प्रश्न आगामी सेप्टेम्बर महिनामा विद्यालयहरूले भ्याक्सिनको व्यवस्था कसरी गर्छन् भन्ने हो । अनुमान यो छ कि यदि १२ वर्षमुनिका केटाकेटीका लागि भ्याक्सिन दिने विषयमा यो गृष्ममा हरियो बत्ती बलेमात्र पनि विद्यालय प्रवेश गर्नु अगाडि सबैलाई भ्याक्सिन लगाउनु पर्ने प्रावधान शिक्षा विभागले राख्नेछ ।

त्यसो त न्यु योर्कमा बच्चा विद्यालय प्रवेश गर्दा नै फारम भरेर सबै भ्याक्सिन लगाइसकेको जानकारी दिनुपर्ने पहिलेको प्रचलन नै आश्चर्य लाग्दो छ ।

अनुमान यो पनि हो कि युवाहरूमा गरिएको भ्याक्सिन परीक्षणमा देखिएको उथलपुथलका बारे धेरै अभिभावक चिन्तित भएको प्रशस्त आधारहरू देखिएका छन् । बच्चालाई भ्याक्सिन अनिवार्य गर्ने निर्णय विनाशकारी त हुने होइन भन्ने कुरामा पनि अभिभावकको चिन्ता छ ।

यो सबैको आधारमा कक्षा कोठामा मास्क अझै अनिवार्य हुने सक्ने सम्भावना देखिएको छ । यसका लागि धेरै सहानुभूति आवश्यक छैन तर गृष्मबाट शरद ऋतुको आगमनसम्म चिन्ता गर्नुपर्ने थुप्रै विषय रहने छन् ।

(एम्मा बोक्स द गार्जीयनकी स्तम्भकार हुन् । जुन २८ प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)


भर्खर

0