स्वास्थ्यकर्मीमाथि आक्रमणको आरोप लागेका रावतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीमाथि आक्रमणको आरोप लागेका रावतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाका अनुसार रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुई वटा मुद्दा चलाइएको हो ।

संक्रमित दाईको बिहीबार मृत्यु भएपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरोप रावतलाई लगाइएको छ ।

आरोपीलाई बाँके जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : २५ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको