शिक्षकलाई आलोपालो गरी प्रशासकीय काममा खटिन इलाम नगरपालिकाको आग्रह | Khabarhub Khabarhub

शिक्षकलाई आलोपालो गरी प्रशासकीय काममा खटिन इलाम नगरपालिकाको आग्रह


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम नगरपालिकाले आफ्नो मातहतका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई आलोपालो गरी दैनिक प्रशासकीय काममा खटिन आग्रह गरेको छ ।

नगरपालिकाले शुक्रबार एउटा सूचना जारी गर्दै आफ्नो क्षेत्रका शिक्षक कर्मचारीलाई कोरोना संक्रमणदर घट्दै गएर सहज परिस्थिति सिर्जना भएमा वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यहरु अगाडि बढाउनुपर्ने भएको हुँदा तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

त्यसैगरी नगरपालिकाले शैक्षिक सामाग्री निर्माण, फूलबारी निर्माण, विद्यालय परिसरमा वृक्षारोपण जस्ता काममा खटिन आग्रह गरेको हो ।

बालबालिकाहरुलाई आ-आफ्नो घरमा नै सुरक्षित राखी पठनपाठनलाई पनि नियमित दिन अभिभावकलाई नगरपाललिको आग्रह गरेको छ ।

सरकारले देशभरका सामुदायिक तथा निजी विद्यालयहरुलाई भौतिक रुपमा शैक्षिक क्रियाकलापहरु तत्कालका लागि बन्द गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : २२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न