इटहरी उपमहानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द | Khabarhub Khabarhub

इटहरी उपमहानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कर्मचारीहरूमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरपालिकाले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

इटहरी उपमहानगर कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएपछि नगर कार्यपालिकाको आकस्मिक बैठकले अत्यावश्यक बाहेका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आगामी १९ वैशाखदेखि २४ गतेसम्म कार्यालयको अति आवश्यकीय कामबाहेक सबै सेवाहरू बन्द गर्ने जनाएको छ ।

उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारी र विभिन्न शाखामा कार्यरत कर्मचारीहरूमा समेत कोरोना पुष्टि भएको छ । जस कारण सेवाग्राहीमा पनि संक्रमण देखा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उपमहानगरको सेवाहरू बन्द गरिएको जनाएको छ ।

यस्तो छ सूचना

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ०५ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना