नेपाल समूहले देशभर १० हजार युवा परिचालन गर्ने | Khabarhub Khabarhub

नेपाल समूहले देशभर १० हजार युवा परिचालन गर्ने


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निटक युवा संघ नेपालले कोरोना महामारी रोकथामका लागि देशभर दश हजार स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले स्वयम् सेवक परिचालन गर्न केन्द्रीय समन्वय कमिटीले संयोजन गर्ने प्रवक्ता सञ्जीव राईले जानकारी दिए ।

संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा संयोजन कमिटी बनेको छ ।

देशभर परिचालित हुने युवाहरुले कोरोना महामारीविरुद्ध रोकथामबारे आमनागरिकलाई सचेत गराउने र उपचार नपाइरहेका संक्रमितहरुलाई समन्वय गर्ने प्रवक्ता राईले बताए ।

संघले कोरोना रोकथाम तथा उपचारका क्रममा अनियमितता र भ्रष्टाचार हुन नदिन खबरदारी पनि गर्ने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १ : ४५ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको