निषेधाज्ञापछि खाद्यान्न किन्न पसलहरूमा भिड | Khabarhub Khabarhub

निषेधाज्ञापछि खाद्यान्न किन्न पसलहरूमा भिड

पर्याप्त भण्डारण रहेकाले आत्तिनु नपर्ने


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै बिहीबारबाट काठमाडौँमा निषेधाज्ञा लागू भएको छ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, पानी दूधजस्ता दैनिक उपभोगका सामग्री खरिदबिक्रीका लागि समय तोकिको छ ।

खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न पाइनेछ ।

खरिदबिक्रीको समय सीमित भएपछि राजधानी काठमाडौँका खाद्यान्न तथा किराना पसलहरुमा उपभोक्ताको भिड बढेको छ । निषेधाज्ञापछि चामल, दाल, नुनतेल लगायत दैनिक उपभोगका सामग्री नपाइने हो कि भन्ने चिन्ताले मानिसहरु घरमा खाद्यान्न जम्मा गर्नेतिर लागेका छन् ।

मुख्य सडकहरुका पसल बन्द भए पनि भित्री सडकमा अधिकांश पसलहरुमा बिहीबार मानिसहरुको चहलपहल बढेको छ ।

‘हिजोसम्म अफिस लागेकाले केही किन्ने समय भएन त्यसैले आज बिहानै खाद्यान्नका सामग्री लिन आएकी,’ कोटेश्वरस्थित एक किराना स्टोरमा भेटिएकी महिलाले भनिन् ।

दिउँसो पसल बन्द हुने भएकाले खाद्यान्न, तरकारी, फुलफूल लगायतका सामग्री जोहो गर्न मानिसहरु पसलमा भुम्मिन थालेका छन् ।

सरकारले दुई साताका लागि निषेधाज्ञा लागू गरेपछि धेरैको चिन्ता खाद्यान्न अभाव हुने र भाउ बढ्नेतिर छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार बजारको मागअनुसार खाद्य वस्तु पर्याप्त मात्रामा रहेको छ । आत्तिनुपर्ने अवस्था छैन ।

‘गत वर्षको लकडाउनमा अचानक बन्द भएकाले हामीले घुम्ती सीविर सञ्चालन गरेर उपभोक्तालाई सहज बनाएका थियौं’ केर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले भने, ‘अहिले त्यो अवस्था छैन निषेधाज्ञा भए पनि खाद्यान्नका पसलहरु बिहान बेलुका खुलेका छन्, आपूतिको व्यवस्था सहज छ ।’

घरमै डेलिभरीको सुविधा

उपत्यकावासीलाई खाद्य वस्तुको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यवस्तु बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

विशेषगरी काठमाडौँ उपत्यकाका उपभोक्ताहरुलाई निषेधाज्ञाका कारण पर्न जाने असुविधालाई ध्यानमा राखेर कम्पनीले खाद्यवस्तु बिक्री गर्ने व्यवस्था मिलाएको प्रवक्ता राजभण्डारीले बताए ।

कम्पनीले जीम्मेवारी पूरा गर्दै आम उपभोक्तालाई आवश्यक पर्ने बासमती लगायत विभिन्न प्रकारका चामल कर्णालीको सिमी, जुम्ली मार्सी चामल, खाने तेल, घ्यू र स्यानीटाइजर बिक्री गरिरहेको कम्पनीकी अधिकारी शर्मिला न्यौपानेले खबरहबलाई जानकारी दिइन् ।

उनका अनुसार कक्षहरु रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकमा बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म बिक्री कक्ष खुला रहनेछन् ।

त्यस्तै कम्पनीले उपभोक्ताको घरसम्म ढुवानीको सेवा दिएको छ । न्यौपानेका अनुसार यसअघि गरिएको लकडाउनमा कम्पनीले अनलाइनमार्फत खाद्यान्न अर्डर गर्न सक्ने व्यवस्था गरेको थियो ।

यो सुविधा अहिले पनि निरन्तर छ । ‘नेपाल फुड डटकम जिओभि डट एनपी’ मार्फत चक्रपथभित्र र ‘सस्तोडिल डटकम’ मार्फत उपत्यका भरि निःशुल्क रुपमा उपभोक्ताको घर आँगनमा सामग्री ढुवानी हुने न्यौपानेले बताइन् ।

निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय ‘र्‍यापिड रेस्पोन्स टिम’ पनि बनाएको छ ।

स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोगाका वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न मन्त्रालयले वेबसाइटमा सम्बन्धित व्यक्तिको नाम र सम्पर्क नम्बर समेत उल्लेख गरिएको छ ।

उपभोक्ताले आपूर्ति तथा ढुवानीमा कुनै समस्या भएमा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : १० बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।