बिटक्वाइन राष्ट्रिय सुरक्षाका लागि खतरा | Khabarhub Khabarhub

बिटक्वाइन राष्ट्रिय सुरक्षाका लागि खतरा



बिटक्वाइन माथि जाँदै छ, बजारका सट्टे बाजका लागि यो एउटा ग्लामर क्षेत्र भएको छ । वाल स्ट्रिटका पुरातनवादी सोच राख्ने लगानीकर्ताले पनि आफ्नो ग्राहकलाई बिटक्वाइनमा लगानी गर्न सुझाव दिन थालेका छन् ।

बिटक्वाइन पहिलो पटक सन् २००९ मा सार्वजनिक गरिएको थियो । त्यस बखतमा यसको मूल्य जिरो अमेरिकी डलर बराबरको थियो । सन् २०१० सम्म आइपुग्दा यसको व्यापार एक क्वाइन बराबर १० सेन्ट अमेरिकी डलरमा हुन थाल्यो । एक सय अमेरिकी डलरले एक हजार बिटक्वाइन खरिद गर्न सकिने अवस्था थियो ।

कुनै लगानीकर्ताले त्यसबखत सो मात्रामा बिटक्वाइन खरिद गरेको थियो भने त्यसको आजको मूल्य ६२ मिलियन अमेरिकी डलर बराबरको हुने थियो ।

सन्तोषी नाकामोटो जपानका एक प्रतिभाशाली सफ्वेयर इन्जिनियर हुन् । उनले सन् २००८ मा बल्कचेन अल्गोरिदमको माध्यमबाट बिटक्वाइनमा लगानी गरेका थिए । यो विश्वकै पहिलो विकेन्द्रीकृत डिजिटल पैसा थियो, यो कुनै केन्द्र सरकारको नियन्त्रणमा थिएन । यसमा बिचौलिया पनि कोही थिएन ।

नाकामोटोले बिटक्वाइनको लगानीबाट राम्रो फाइदा लिइरहेका छन् । उनको हालको सम्पत्ति ३० बिलियन अमेरिकी डलरभन्दा बढीको छ ।

बिटक्वाइन एक अराजक सपना हो । यो केन्द्रीय सरकार र अख्तियार प्राप्त कुनै निकायको नियन्त्रणभन्दा बाहिरको मुद्रा हो । यो ब्रिटन–उड वैश्विक ब्याङ्किङ पद्धतिभन्दा बाहिरको प्रणाली हो । यो प्राविधिको प्रयोग गर्दै कुनै समान वा सेवा खरिद गर्न निर्माण गरिएको मुद्रा थियो ।

हालको दिनमा बिटक्वाइन तीव्रगतिमा अघि बढ्दै छ जसले चलनचल्तीको पैसाकै काम गर्न थालेको छ । विद्युतीय मुद्राका रूपमा रहेको यसको प्रयोगबाट जुनसुकै स्थानमा जेसुकै सामन खरिद गर्न सकिने अवस्था सिर्जना भएको छ ।

यसको प्रचलन इन्टरनेट मुद्राका रूपमा बढ्दै छ । धेरैले यसलाई सरकार र कुनै पनि निकायको नियन्त्रण विनाको भविष्यको रङ्गीन आर्थिक प्रणालीको कारक पनि देख्न थालेका छन् ।

अमेरिकाको कार उत्पादक कम्पनी टेल्स्टाले मार्च २०२१ बाट आफ्नो कम्पनीको कार खरिदमा बिटक्वाइनलाई पनि मान्यता दिने बताएको छ । टेल्स्टाको बकचेन मुद्राका रूपमा १ दशमलव ५ बिलियन सम्पत्ति छ । कम्पनीले कार बिक्री गरेरभन्दा यसरी प्रतिवर्ष बढी आम्दानी गरेको छ ।

स्वीजरल्यान्डको एक परामर्शदातृ संस्था बिटहोमले विश्वभरको आफ्नो सम्पत्ति बिक्रिका लागि बिटक्वाइनलाई पनि मान्यता दिने कुरा आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । यस सूचीमा अमेरिकामा रहेको उसको सम्पत्ति पनि सूचीकृत छ । भेनेजुयलाको पिज्जा हटमा बिटक्वाइनका माध्यमबाट पनि पिज्जा खरिद गर्न सकिन्छ ।

भेनेजुयलामा सन् २०१० मा जो व्यक्तिले दुईवटा पिज्जा खरिद गर्न १० हजार बिटक्वाइन खर्च गर्थ्यो, त्यो व्यक्तिसँग आज तीन सय मिलियन बराबरको सम्पत्ति छ । आजका दिनमा यदि कसैले बिटक्वाइनका माध्यमबाट मोजा पनि खरिद गर्न सक्छ ।

डिमित्री शकिपिनको भाषामा बिटक्वाइन भनेको ‘निजी मुद्रा’ हो जसले डलरको अस्तित्वलाई नै चुनौती दिएको छ । संघीय कानून अन्तर्गत बिटक्वाइनको प्रयोग डलरसँगको उसको प्रतिस्पर्धा अवैधानिक मानिएको छ । द कोइनेज नीति १७९२ ले उत्पादित पैसालाई एकतन्त्रीय हिसाबमा नियन्त्रणमा राख्न वित्तीय मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

एक सक्षम वैश्विक मुद्राका रूपमा बिटक्वाइन दिनानु दिन अघि बढ्दै छ । आज मानिसले बिटक्वाइन सहजै खरिद र बिक्री मात्रै गर्न सक्दैनन् बरु बिटक्वाइन जस्तै अन्य पचासौँ क्रिप्टोकरेन्सी पनि खरिद बिक्री गर्न सक्छन् । यी कुनै पनि विद्युतीय मुद्रा सरकारबाट नियन्त्रित छैनन् ।

अनलाइन सपिङ संस्था एमेजोनले पनि आफ्नै छुट्टै विद्युतीय मुद्राको विकास गर्ने जनाएको छ जसका माध्यमबाट ग्राहकले एमेजोनमा समान खरिद गर्न सक्छन् । एमेजोनको बजार भाउ धेरै देशको अर्थतन्त्रभन्दा माथि गइसकेको अवस्थामा उसले यस प्रकारको विद्युतीय मुद्राको विकास गर्न लागेको छ ।

राज्यको नियन्त्रणभन्दा बाहिर रहेको यस प्रकारका मुद्राले देशको अर्थतन्त्रमा भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न भने उब्जिन थालेको छ । ढिलो चाँडो अमेरिका पनि यसको नियन्त्रणमा आउने नै छ । निजी हिसाबमा उत्पादित क्रिप्टोकरेन्सी र बिटक्वाइनले राष्ट्रिय सुरक्षालाई भने असर पार्नेछ ।

कुनै मौद्रिक नीतिको प्रमुख उद्देश्य भनेको वितरण प्रणाली नियन्त्रणमा राख्दै बजारलाई स्थायित्व प्रदान गर्नु हो । यदि बिटक्वाइन अर्थतन्त्रको प्रमुख साधन बन्दै सामन खरिद बिक्री गर्ने मिल्ने माध्यम बन्यो भने अमेरिकी डलरले नराम्रो दिन देख्नुपर्ने हुन्छ ।

वर्तमान विश्वमा अमेरिकी डलर विश्वकै एक प्रमुख सञ्चित मुद्रा हो । बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीले यो अवस्था परिर्वतन गर्न सक्छ । अमेरिकाको बढ्दो व्यापार घाटा र खर्बौं डलरको खर्चका कारण मानिसले अमेरिकी डलरको सट्टा बिटक्वाइनमा लगानी गर्न थाल्नेछन् ।

अमेरिकी डलर होस् अथवा युरो वा चिनियाँ युआनको तुलनमा बिटक्वाइन विश्वकै एक सञ्चित मुद्राका रूपमा अघि बढ्न सक्छ । इरान, उत्तर कोरिया जस्ता देशले आफूमाथि लागेको नाकाबन्दीको प्रभाव कम गर्न बिटक्वाइन प्रयोग गर्न थालेका छन् ।

बिटक्वाइनलाई चीनले पनि मान्यता दिँदै गर्दा त्यसले अमेरिकी राष्ट्रिय सुरक्षा चुनौतीलाई थप असर पुगेको छ । आज विश्वको करिब ६५ प्रतिशत बिटक्वाइनको वितरण चीनबाट हुन्छ । यो अवस्थाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बढी सहज अवस्थामा पुर्‍याएको छ ।

चीनले अप्रत्यक्षरूपमा स्थिति आफ्नो नियन्त्रणमा लिन सक्छ । बिटक्वाइन आफू अनुकूल प्रयोग गरेर उसले अमेरिकी डलरको विश्व अर्थतन्त्रमा रहेको दबदबा कमजोर बनाउने प्रयास गर्न सक्छ ।

वैश्विक मुद्राका रूपमा डलरलाई विस्थापित गर्नु भनेको अमेरिकाका लागि इस्लामिक स्टेट, तालिवानले दिएको चुनौतीभन्दा बढी हुनेछ । यसका माध्यमबाट चीनले दक्षिण चीन सागरलाई आफ्नो इच्छा अनुकूल प्रयोग गर्न पनि सक्छ ।

बिटक्वाइन अमेरिकी अर्थतन्त्रमा मात्रै होइन विश्व अर्थतन्त्रमै फैलिनुअघि यसको प्रयोग रोक्नुपर्ने हुन्छ । बिटक्वाइन र अन्य निजी तवरबाट उत्पादित विद्युतीय मुद्राले अमेरिकी डलरलाई चुनौती दिन सक्ने कुरा चीनले सम्भवतः बुझेको हुन सक्छ ।

सम्भावित राम्रो समाचार भनेको बिटक्वाइनको जोखिम नियन्त्रण गर्न धेरै कानूनको आवश्यकता नहुन सक्छ । संविधान अन्तर्गतको प्रचलित संघीय कानून मात्रैले पनि डलरमाथिको चुनौतीलाई सम्बोधन गर्न सक्छ । संविधानको धारा १ अन्तर्गतको उपधार ८ को दफा ५ ले कुनै पनि निजी व्यक्तिले आफ्नै तजबिजमा पैसा उत्पादन र नियन्त्रण गर्न नपाउने व्यवस्था गरेको छ ।

डिमित्री शकिपिनको भाषामा बिटक्वाइन भनेको ‘निजी मुद्रा’ हो जसले डलरको अस्तित्वलाई नै चुनौती दिएको छ । संघीय कानून अन्तर्गत बिटक्वाइनको प्रयोग डलरसँगको उसको प्रतिस्पर्धा अवैधानिक मानिएको छ । द कोइनेज नीति १७९२ ले उत्पादित पैसालाई एकतन्त्रीय हिसाबमा नियन्त्रणमा राख्न वित्तीय मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

१८५७ को कोइनेज नीतिले विदेशी मुद्रालाई अवैधानिक बनाउने विषयमा विशेष कदम चाल्यो । अमेरिकाले त्यस बखतसम्म आफूलाई आवश्यक पर्ने मुद्राको विकास गरिसकेको थियो । आवश्यकता पूर्तिकै लागि विदेशी मुद्रा प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भइसकेको थियो । आज अमेरिकाको वित्तीय विभाग र मुद्रण विभाग अमेरिकालाई आवश्यक पर्ने काजगको र सिक्का पैसा उत्पादनका लागि एक मात्र अधिकार प्राप्त निकायका रूपमा रहेको छ ।

बिटक्वाइन अमेरिकी अर्थतन्त्रमा मात्रै होइन विश्व अर्थतन्त्रमै फैलिनुअघि यसको प्रयोग रोक्नुपर्ने हुन्छ । बिटक्वाइन र अन्य निजी तवरबाट उत्पादित विद्युतीय मुद्राले अमेरिकी डलरलाई चुनौती दिन सक्ने कुरा चीनले सम्भवतः बुझेको हुन सक्छ ।

वेइमर गणराज्य जस्तै धराशायी हुनुअघि नै अमेरिकाले आफूमाथि आउन सक्ने चुनौतीलाई बुझ्नुपर्छ ।

(रमोन मार्क्स अन्तर्राष्ट्रिय कानूनका अवकाश प्राप्त वकिल हुन् । डेविड हार्विलेज क्यालिफोर्निया अवस्थित वकिल र व्यवसायी हुन् । २५ अप्रिल २०२१ मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : २८ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।